सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी बन्यो एनपीएल च्याम्पियन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

27
Share
Featured
  • लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको उपाधि जित्यो, फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै।
  • कप्तान रोहित पौडेलको ह्याट्रिकसहित सुदूरपश्चिम ८५ रनमै अलआउट, यो एनपीएल इतिहासकै सबैभन्दा कम स्कोर हो।
  • रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बने, उनले कार जिते भने उत्कृष्ट ब्याटरको पुरस्कार पनि हात पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी नयाँ च्याम्पियन बनेको हो ।

फाइनलमा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १९.१ ओभरमा मात्र ८५ रनमा अलआउट भएको थियो । यो एनपीएल इतिहासमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । जवाफमा लुम्बिनीले सहजै लक्ष्य पूरा गर्‍यो । यो हारसँगै सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ ।

रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका कप्तान रोहित पौडेल 'सर्वोत्कृष्ट नेपाली खेलाडी' घोषित भएका छन् । उनले पुरस्कार स्वरूप 'ओमोडा' कार प्राप्त गरे । प्रतियोगिताभर २७६ रन बनाउनुका साथै १० विकेट लिएका रोहित 'उत्कृष्ट ब्याटर' समेत बने र उनले पल्सर बाइक पनि जिते ।

अन्य पुरस्कार विजेताहरू:

सर्वोत्कृष्ट खेलाडी: रुबेन ट्रम्पलमन (लुम्बिनी लायन्स) - ५ लाख रुपैयाँ

सर्वोत्कृष्ट बलर: सन्दीप लामिछाने (विराटनगर) - पल्सर बाइक

इमर्जिङ खेलाडी: शेर मल्ल (लुम्बिनी लायन्स) - पल्सर बाइक

इनर्जेटिक प्लेयर: अविनाश बोहरा (सुदूरपश्चिम) - २ लाख रुपैयाँ

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।

यो समाचारमा

काठमाडौँरोहित पौडेलनेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    काठमाडौं । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ। लाइसेन्स वितरणबाट यस अवधिमा राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त अवधिमा कुल २ लाख ३८ हजार थान लाइसेन्स छापिएका थिए, जसमध्ये ९० हजार सेवाग्राहीले

    Data is loading...

    Loading brands...

    Loading footer...