एनपीएल फाइनलका लागि प्रधानमन्त्रीको शुभकामना, भनिन्- 'क्रिकेट उत्सवले देशलाई जितायो'

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

15
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले एनपीएल फाइनलमा पुगेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई शुभकामना दिएकी छन्।
  • उनले एनपीएलले देशलाई एकताबद्ध गरेको र नेपाल शान्त, सक्षम देश हो भन्ने सन्देश विश्वमा पुर्‍याएको उल्लेख गरेकी छन्।
  • एनपीएल दोस्रो संस्करणको फाइनल खेल आज दिउँसो ३:३० बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपीएल) को फाइनलमा प्रतिस्पर्धा गर्न लागेका दुवै टोलीलाई शुभकामना दिएकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले फाइनलमा पुगेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सलाई शुभकामना व्यक्त गरेकी हुन् । उनले एनपीएल क्रिकेट उत्सवले सिङ्गो देशलाई जिताएको र जगाएको उल्लेख गरेकी छन् ।

"सारा नेपालीलाई जोड्दै, सुरक्षा संशयलाई पनि चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश एनपीएलले विश्वभर पुर्‍याएको छ," प्रधानमन्त्रीले लेखेकी छन् ।

एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुनेछ ।


यो समाचारमा

नेपाल प्रिमियर लिगकाठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...