महाधिवेशनमा सबै पुरानै अनुहार दोहोरिँदैनन्-पृथ्वीसुब्बा गुरुङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

36
Share
Featured
  • एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा सबै पुरानै नेता दोहोरिन नसक्ने बताएका छन्।
  • उनले पार्टीलाई मजबुत बनाउन नयाँ अनुहारहरूलाई स्थान दिनुपर्ने आवश्यकता औँल्याए।
  • अध्यक्ष ओली पनि मान्छे भएकाले गल्ती सच्याउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीको आगामी महाधिवेशनमा सबै पुरानै नेताहरू मात्र दोहोरिने सम्भावना नरहेको बताएका छन् । उनले पार्टीमा नयाँ अनुहारहरूलाई पनि स्थान दिनुपर्नेमा जोड दिएका हुन् ।

एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै गुरुङले भने, "महाधिवेशनमा सबै पुरानै अनुहार रहन्छन् भन्ने कुरा मिल्दैन, केही नयाँ मान्छे ल्याउनैपर्छ ।"

उनले अध्यक्ष केपी शर्मा ओली पनि भगवान् नभई मान्छे भएको उल्लेख गर्दै कतै गल्ती-कमजोरी भएमा सच्याएर अघि बढ्ने बताए ।

गुरुङको यो भनाइले एमालेको आसन्न महाधिवेशनमा नेतृत्व र संगठनात्मक संरचनामा पुस्तान्तरण र नवीकरणको बहस सुरु भएको संकेत गरेको छ ।

यो समाचारमा

पृथ्वी सुब्बा गुरुङनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...