एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

17
Share
Featured
  • नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ, र मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठका अनुसार सबै कार्य लगभग सम्पन्न भइसकेका छन्।
  • महाधिवेशन भव्य र सन्देशमुलक बनाउने उद्देश्यले मञ्चमा चाँगुनारायण मन्दिर, पशुपतिनाथ, स्वयम्भूनाथ, कृष्ण मन्दिर र न्यातापोल मन्दिरजस्ता सांस्कृतिक प्रतीक राखिएका छन्, जसले सांस्कृतिक प्रचार पनि गर्नेछ।
  • कार्यक्रममा स्वयमसेवक परिचालन सुनिश्चित गरिएको छ र महाधिवेशन मार्फत पार्टीले केवल सिद्धान्त मात्र नभई सांस्कृतिक चेतना पनि प्रवद्र्धन गर्ने सन्देश दिन खोजेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोलिटब्यूरो सदस्य एंव मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नको लागि सबै कार्यहरु लगभग सकिएको जानकारी दिए ।

महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार अपरान्ह पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने र मन्चपनि सन्देशमुलक बनाउने हिसाबले तयार गरेको बताए ।

उनले भने, ‘महाधिवेश भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैं पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौं ।’

यस्तै, उनले भक्तपुर पुरातात्विक सहर, मन्दिरहरुको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहर भएको हिसाबले यसलाई प्रवद्र्धन गर्न पनि भक्तपुरमा महाधिवेशन गरेको र मञ्चमा पनि चाँगुनारायण मन्दिरको प्रतिमा राखेको बताए ।

उनले भने, ‘भक्तपुर जहाँ पुरातात्विक सहर, मन्दिरहरुको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहरलाई पनि प्रमोशन गर्न खोजिरहेका छौ । यस कार्यक्रममार्फत युगौंसम्म छाप रहोस भनेर मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा पनि राखेका छौ । महाधिवेशनबाट थाहा नभएको मान्छेले पनि यो मन्दिरको बारेमा थाहा पाउन सक्छन् ।’

यसका साथै, उनले काठमाडौंका मन्दिरहरु–पशुपतिनाथ, स्वयम्भूनाथ, ललितपुरको कृष्ण मन्दिर र भक्तपुरको न्यातापोल मन्दिरदेखि सबै मन्दिरको प्रतिमा पनि मञ्चमा राखेको बताए ।

नेकपा एमाले सिद्धान्त मात्र नभइ सांस्कृतिक विषयमा पनि काम गर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए । जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले महाधिवेशन स्थलमा उल्लेख्य मात्रामा स्वयमसेवक परिचालन गरिने जानकारी दिए ।

यो समाचारमा

भक्तपुरनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...