ट्रम्पको शान्ति सम्झौताको दबाबबीच युक्रेनका सहयोगी राष्ट्रहरूको भर्चुअल बैठक आज

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

13
Share
Featured
  • अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब दिइरहेका बेला फ्रान्स–बेलायतको सह-अध्यक्षतामा युक्रेनका प्रमुख सहयोगीहरूको भर्चुअल बैठक आज बस्दैछ, जसमा सुरक्षा ग्यारेन्टीबारे ठोस छलफल हुनेछ।
  • युरोपेली देशहरूले अमेरिकाले अघि सारेको शान्ति प्रस्तावलाई रुसप्रति अत्यधिक नरम भन्दै आलोचना गरिरहेकाले बैठक विशेष महत्त्वपूर्ण बनेको छ।
  • राष्ट्रपति जेलेन्स्कीले सुरक्षा सुनिश्चित भएमा चुनाव गराउन तयार रहेको बताए पनि युरोपेली साझेदारहरूले उनलाई समर्थन कायम राख्दै अमेरिकी प्रस्तावका केही बुँदाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूले आज (बिहीबार) एक महत्वपूर्ण भर्चुअल बैठक गर्दैछन् ।

फ्रान्स र बेलायतको सह-अध्यक्षतामा हुन लागेको 'कोएलिसन अफ द विलिङ' को यो बैठकले युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टीबारे ठोस छलफल गर्ने फ्रान्स सरकारले जनाएको छ ।

यो बैठक यस्तो समयमा हुन लागेको हो, जतिबेला अमेरिकाले अघि सारेको शान्ति सम्झौताको मस्यौदालाई युक्रेनका युरोपेली सहयोगीहरूले 'रुसप्रति अत्यधिक नरम' भएको भन्दै आलोचना गरिरहेका छन् । यद्यपि, ट्रम्पले उक्त प्रस्ताव स्वीकार गर्न युक्रेनलाई निरन्तर दबाब दिइरहेका छन् ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार मात्रै सुरक्षाको सुनिश्चितता भएमा देशमा नयाँ चुनाव गराउन तयार रहेको बताएका थिए । युरोपेली साझेदारहरूले भने जेलेन्स्कीलाई आफ्नो समर्थन कायमै रहेको बताउँदै अमेरिकी प्रस्तावका केही अंशप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

यो समाचारमा

युक्रेनकाठमाडौँडोनाल्ड जोन ट्रम्प

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...