सामाजिक अराजकताको कारण मानव अधिकार संकटमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

13
Share
Featured
  • रामेछापमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस “मानव अधिकार: हामी सबैको आधार” मूल नाराका साथ मनाइयो, तर बढ्दो सामाजिक अराजकता र हिंसाका कारण मानव अधिकार संकटमा रहेको निष्कर्ष प्रस्तुत भयो।
  • प्रहरी र राजनीतिक क्षेत्रमा देखिएका घटनाहरू नागरिक र नेताहरूको अभिव्यक्ति स्वतन्त्रता खुम्चिने गरी चुनौतीपूर्ण अवस्था सिर्जना गर्दै मानव अधिकार संरक्षण कठिन बनाएको उल्लेख गरियो।
  • कार्यक्रममा स्थानीय निकाय, सुरक्षा अधिकारी र मानव अधिकारकर्मीहरूको सहभागितामा जिल्लाको समग्र मानव अधिकारको समीक्षा गरियो र अहिलेको परिस्थितिमा सन्तोष गर्ने अवस्था नरहेको बताएका थिए।
समाचार सारांशGenerated using AI.


‘मानव अधिकार : हामी सबैको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा रामेछापमा भने बढ्दो सामाजिक अराजकताको कारण मानव अधिकार संकटमा परेको निष्कर्ष निकालिएको छ ।

मन्थली नगरपालिका, रामेछापले बुधबार आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका सहभागीले मानव अधिकारको हिसाबले अवस्था अझ कमजोर बन्दै गएको बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोला भट्टले समाजमा देखिएका पछिल्ला घटनाले मानव अधिकारको विषयमा सन्तोष मान्नु पर्ने अवस्था नरहेको बताए । अहिले प्रहरीकै बर्दी चेत्ने सम्मका घटना भएका भन्दै उनले यो मानव अधिकार संरक्षणको लागि निक्कै चुनौतीको क्षण भएको बताए ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले अहिले सामान्य नागरिकले मात्र होइन राजनीतिक दलका शीर्षस्थ नेताहरूको समेत अभिव्यक्ति स्वतन्त्रता खोसिएको बताए ।

‘राजनीतिक दलका नेताहरूले समने बाल्न नसक्ने अवस्था छ, कार्यक्रममा जाँदा एयरपोर्ट नै लक गरिन्छ, कोही चुइँक बोल्न नसक्ने स्थितिमा मानव अधिकारको परिकल्पना कसरी गर्ने ?’, उनले भने ।

कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि मानव अधिकारकर्मी नवराज पथिकले जिल्लको समग्र मानव अधिकारको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मानव अधिकारका हिसाबले रामेछापमा सबै खालका घटना विगतका जस्तै भएकोले सन्तोष गर्ने ठाउँ नरहेको बताए ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ लगायतका जनप्रतिनिधि, नागरिक अगुवा, सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो समाचारमा

काठमाडौँरामेछापमन्थली नगरपालिका, रामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...