सुशीला सरकार ‘ओली पथ’मै गएर जेनजी बिद्रोहका दमनकारीको संरक्षण गर्यो : नेकपा (जनपक्ष)

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

35
Share
Featured
  • नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘ओली पथमै गएर जेनजी बिद्रोहमाथि दमन गर्ने सरकार’ भएको आरोप लगाउँदै विदेशी नेपालीलाई मताधिकार सुनिश्चित नगरे आन्दोलनको चेतावनी दिएको छ।
  • पार्टीले १६ बुँदे मागपत्र पेश गर्दै, शिक्षा, श्रम अधिकार, न्युनतम पारिश्रमिक ४० हजार, निजी शिक्षाको नियन्त्रण, मजदुर भर्ति प्रणाली सुधारजस्ता मुद्दामा सरकारसँग तत्काल कदम चाल्नुपर्ने जोड दिएको छ।
  • जनपक्षीय नेताहरूले प्रत्यक्ष कार्यकारी व्यवस्था, राष्ट्रिय मुक्ति अभियानको एकता र श्रमिक–विद्यार्थी अधिकार सुनिश्चित गर्न जनता र समर्थकहरूलाई आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.


नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले सुशीला कार्की नेतृत्वको सरकार ‘ओली पथ’ मै गएर जेनजी बिद्रोहमाथि दमन गर्नेहरुको संरक्षण गरेको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्षमा जाने चेतावनीसमेत दिएका छन् ।

पार्टीका प्रवक्ता दिनेश बर्तौलाले नेकपा (क्रान्तिकारी केन्द्र), नेपाला कम्युनिस्ट पार्टी(बोल्सेविक) र रेडफोर्स नेपाल पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) बनेको जनकारी गराएका छन् । प्रवक्ता बर्तौलाले जेनजी बिद्रोहको बलबाट बनेको कार्की सरकार पनि ओली सरकार जस्तैः जनविरोधी भएको आरोप लगाए ।

बर्तौलाले जनताले विरोध जनाएका मुद्धाहरुलाई वर्तमान सरकारले निरन्तरता दिन लागेपछि आक्रोश जनाउँदै भने, ‘राष्ट्रघाति इम्बोस्ट नम्बर प्लेट र राष्ट्रिय परिचय पत्र खारेज नगरिए प्रतिवाद गर्न बाध्य हुनेछौं ।’

वर्तमान सरकार समक्ष जनजीविकासँग सम्बन्धित विभिन्न १६ बुँदे माग पत्र पेस गर्दै सो माग पुरा नभए आफ्नो पार्टी फागुन २१ को निर्वाचनमा भाग नलिने पनि प्रवक्ता बर्तौलाले जनाए ।

त्यसैगरी पार्टीकी केन्द्रीय सदस्य इन्दिरा अधिकारीले विदेशमा रहेका श्रमीक, विद्यार्थीलगायत सम्पूर्ण नेपाली नागरिकलाई फागुन २१ गते हुने निर्वाचनमै मताधिकारको सुनिश्चित गरिनुपर्ने माग राखिन् ।

अधिकारीले देशको राजनीतिक अस्थिरतालाई अन्त्य गर्नका लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी व्यवस्था हुनुपर्ने आफ्नो पार्टीको माग रहेको जनाइन् । जनपक्षीय विद्यार्थी यूनियनका अध्यक्ष सुनिता बुढाथोकीले देशको शिक्षा अत्याधिक निजीकरण तथा व्यापारिकरण भएको बताउँदै त्यसलाई रोक्न आफ्नो संगठनको जोडदार माग रहेको बताइन् ।

बुढाथोकीले निजी शैक्षीक संस्थाहरुले अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क अशुली गरेको बताउँदै भनिन्, ‘अहिले आम जनताले थेग्न नसक्ने गरी उठाइने शुल्कमा ५० प्रतिशत नघटाए आन्दोलनको तुफान ल्याउन कसैले रोक्न सक्ने छैन ।’

जनपक्षीय ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष कुमार घतानेले नेपाली श्रमबजार मजदुरप्रति निर्मम भएको र शासकहरु पनि उनीहरुप्रति अनुदार भएको आरोप लगाए । घतानेले मजदुरहरुको न्युनतम पारिश्रमक ४० हजार हुनुपर्ने माग गरे ।

उनले उद्योग–धन्दा तथा कलकारखानमा मजदुर भर्ति गर्दा बिचौलिया र ठेकेदारी प्रथालाई खारेजी गरिनुपर्ने माग गरे । पार्टीका केन्द्रीय सदस्य मार्शलले देशभक्त तथा राष्ट्रिवादी शक्तिहरु विभाजित भएर भन्दा एकजुट भई राष्ट्रिय मुक्ति यात्रामा लामबद्ध हुन आग्रह गरे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...