केपी ओलीको असक्षमता एमालेले बोकेर हिँड्न सक्दैन : सुरेन्द्र मानन्धर

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

14
Share
Featured
  • डा. सुरेन्द्र मानन्धरले यूएमएलमा योगदान गर्ने कार्यकर्ता पाखा परेपछि पार्टी संकटग्रस्त बनेको र अध्यक्ष केपी ओलीले सफलता–असफलता दुबैको जिम्मा लिनुपर्ने बताए।
  • उनले युवा र किसान संगठन भए पनि वास्तविक युवा–किसान यूएमएलसँग नभएको, नेतृत्वको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भएको टिप्पणी गरे।
  • पार्टीभित्र सामूहिकता हराउँदै गएकाले महाधिवेशनमा समेत भाँडभैलो गर्ने तयारी देखिएको र राजनीतिक दल ऐन सुधार्दै आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन् । उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिँदा एमाले अहिलेको संकटमा पुगेको बताएका हुन् ।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए ।

मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताए ।

उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताए । नेतृत्वको नालायकिको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको बताए । उनले देश अफ्ठेरोमा परिरहेको समयमा नेतृत्व नातामा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने भो त्यो हुन नसकेको बताए ।

पार्टीमा सामूहिकता हराएको बताउँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको बताए । राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावारी बनाउनुपर्नेमा जोडदिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताए।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...