डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

15
Share
Featured
  • मन्त्री जगदिश खरेलले डिजिटल माध्यमबाट हुने धम्की, अपमान र मानसिक दबाबका कारण लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा बदलिँदै सुरक्षित घरमै पनि मानिस असुरक्षित महसुस गर्न थालेको बताए।
  • डिजिटल हिंसाले महिलादेखि सबै प्रयोगकर्तालाई प्रभावित पार्दै मानसिक तनाव र आत्महत्याका घटनासमेत बढिरहेको उनले उल्लेख गरे।
  • सामाजिक सञ्जालको सदुपयोग, दुरुपयोग र व्यक्तिगत सुरक्षाबारे व्यवस्थित डिजिटल शिक्षा अब अत्यावश्यक भएको उनले जोर दिए।
समाचार सारांशGenerated using AI.


लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् ।

मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै सुरक्षित स्थानमा बसी सामाजिक सञ्जाल हेर्नुहुन्छ अनी एकाएक शरिर काँप्न थाल्छ, मुटु फुट्ला जस्तो हुन्छ । घरमा सबैबाट सुुरक्षित रहेर पनि तपाई आफूले आफूलाई यति धेरै असुरक्षित महसुस गर्नुहुन्छ कि त्यो संसार तपाईका लागि सुरक्षित लाग्दैन ।’

उनका अनुसार यस्तो अवस्थाले महिला, किशोरी, परिवारका सदस्य तथा डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई प्रभावित पार्दै गएको छ।

‘तपाईं भनेको मेरी आमा, मेरी श्रीमती, दिदीबहिनी वा साथी जो–कोही हुन सक्नुहुन्छ। म डिजिटल हिंसाको कुरा गरिरहेको छु,’ उनले थपे।

उनले डिजिटल हिंसाका कारण मानिसहरूमा मानसिक तनाव बढ्दै गएको, आत्महत्याका दरमा समेत वृद्धि देखिन थालेको तथा केवल भौतिक सुरक्षा अब पर्याप्त नहुने स्थिति आएको बताए।

उनले भने, ‘डिजिटल हिंसाको प्रवृति परिवर्तन भयो । आज आत्महत्याको दर बढिरहेको छ । आज मान्छे किन असुरक्षित महसुस गरिरहेको छ भन्दा उसलाई भौतिक सुरक्षाले मात्र सुरक्षा दिने रहेनछ । त्यसैले हामीले डिजिटल हिंसाको बहस सुरु गर्नुपर्यो।’

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको सदुपयोग, दुरुपयोग र व्यवस्थापनका पक्षबारे व्यवस्थित शिक्षा आवश्यक रहेको धारणा उनले राखे। ‘अब सामाजिक सञ्जाल चलाउन मात्र जानेर हुँदैन; यसको उपयोग, सदुपयोग कसरी गर्ने र व्यक्तिगत सुरक्षाका उपायहरू के–के हुन्, यसको व्यवस्थापन कसरी गर्ने भन्ने पनि जान्नुपर्छ,’उनले भने ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...