जेनजी आन्दोलनको लक्ष्यअनुसार सरकारले काम गरिरहेको छ- स्वास्थ्यमन्त्री गौतम

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

20
Share
Featured
  • मन्त्री सुधा गौतमले वर्तमान सरकार ‘जेनजी आन्दोलन’को लक्ष्य—सुन्दर, भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल—अनुसार काम गरिरहेको बताइन्।
  • उनले आन्दोलनप्रति सरकारको सम्मान र प्रतिबद्धता व्यक्त गर्दै एकचित्त भएर अघि बढिरहेको उल्लेख गरिन्।
  • मानसिक स्वास्थ्य सुधारका लागि आवश्यक बजेट, औषधि र उपचार सेवालाई सबै स्वास्थ्य संस्थामा प्राथमिकताका साथ विस्तार गर्ने सरकारको योजना प्रस्तुत गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले वर्तमान सरकारले 'जेनजी' आन्दोलनको लक्ष्य र मर्मअनुसार काम गरिरहेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने लक्ष्य लिएको उल्लेख गरिन् । उनले भनिन्, "त्यो आन्दोलनको सम्मान गर्दै हामीले एकचित्त भएर काम गरिरहेका छौँ ।"

मन्त्री गौतमले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधानका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागेको पनि जानकारी दिइन् । उनले सबै स्वास्थ्य संस्थामा मानसिक स्वास्थ्यका लागि आवश्यक औषधि र उपचारको व्यवस्था मिलाउने कामलाई आफूले प्राथमिकतामा राखेको बताइन् ।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...