वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

10
Share
Featured
  • दुर्गा प्रसाईले वर्तमान व्यवस्था फालेर राजसंस्था पुनःस्थापना गर्नुपर्ने माग राख्दै, माग पूरा नभए विद्रोह गर्ने चेतावनी दिए।
  • उनले धर्मनिरपेक्षता, संघीयता र राजसंस्था हटाउने निर्णय पहिलाका सरकारको गल्ती भएको बताउँदै, अहिलेको सरकारले त्यो सुधार गर्नुपर्ने दाबी गरे।
  • लघुवित्त, सहकारी, बैंक पीडितलगायत पीडित वर्गका माग सम्बोधन हुनुपर्ने र देशले अब निकास र विकासको बाटो लिनुपर्ने धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले व्यवस्था फाल्नु पर्छ भन्ने माग पूरा नभए विद्रोह पनि गर्ने चेतावनी दिएका छन् ।

सोमबार प्रधानमन्त्रीसँग वार्तामा जानुभन्दा अगाडि पत्रकारहरुसँग बोल्दै उनले यो देशमा वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक रहेको भन्दै माग पूरा नभए विद्रोह पनि गर्ने बताए ।

उनले भने, ‘अब नेपालले निकासको बाटो लिएर विकासको गतिमा अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो । यो व्यवस्था फाल्नुपर्छ भन्ने माग हो । त्यो भएन भने हामी पनि विद्रोह गरौंला । अहिले जनता सचेत भइसकेका छन् हतियार बोक्नु पर्दैन् । यो देशलाई आज राजसंस्था आवश्यक छ ।’

यस्तै, उनले देशमा धर्मनिरपेक्षता ल्याउने, धर्म सापेक्ष मुलुक हिन्दु राष्ट्र हटाउने, राजसंस्था हटाउने भन्ने म्यान्डेट ल्याउने बदमासी पहिलाका सरकारले गरेकाले अहिलेको सरकारले त्यो कुरा सच्चाउनुपर्ने पनि बताए ।

उनले भने, ‘हामीले प्रस्ताव त २०७९ साल फागुन १ गतेदेखि नै राखि रहेका छौं । लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, सर्वहारा वर्ग, भुइमान्छे, उत्पीडन वर्ग माग सम्बोधन हुनुपर्छ । र २०६२, ०६३ मा जनआन्दोलन पश्चात देशमा धर्मनिरपेक्षता, संघीयता र राजसंस्थाको विषयमा बोलिसकेका छौं ।’

यो समाचारमा

काठमाडौँदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...