काठमाडौँ
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ३.०२ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०६.६७ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.५० अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेका छन् ।
आजको बजारमा नेप्सेसँगै करोबार रकमपनि घटेको छ । आईतबार ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको बजारमा आज कुल ३३१ स्टकको ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको हो । यो कारोबार ८३ हजार २७३ पटकमा भएको हो ।
यसदिन १४७ स्टकको मूल्य घट्दा ९९ स्टकको मूल्य बढेको हो भने १२ स्टकको शेयर मूल्य स्थीर रहेको छ ।
यसदिन चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन अपर सांगे हाइड्रोपावर, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यसदिन सर्पोट माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडको शयेर मूल्य सबैभन्दा बढी प्रतिकित्ता ५.१६ प्रतिशतले घटेर २०४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, मेन्चीम हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ३.७३ प्रतिशतले घटेर ४९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यसदिन नाग्दी ग्रुप पावर लिमिटेड, सागर डिस्टिलरी, पियोर इनर्जी रा राधी जलविद्युतको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।