मोरङको पुलमुनि पुरुषको शव फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

22
Share
Featured
  • मोरङको बुढीगंगा–५ मा पुलमुनि फेला परेका पुरुषको पहिचान ५० वर्षीय मो. अलि अन्सारीका रूपमा भएको छ, जो १०–१५ वर्षदेखि सोही क्षेत्रमा बस्दै तेल फ्याक्ट्रीमा काम गर्दै आएका थिए।
  • स्थानीयले घोप्टो अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, र मृतककी श्रीमतीले घटनास्थलमै पुगेर सनाखत गरेकी हुन्।
  • प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ र घटनाको कारणबारे थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोरङको बुढीगंगा गाउँपालिका-५ स्थित बुढीखोलाको पुलमुनि एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान भारत, कलकत्ता घर भएका ५० वर्षीय मो. अलि अन्सारीको रूपमा भएको छ।

स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतककी श्रीमतीले घटनास्थलमा पुगेर शवको सनाखत गरेकी हुन्। विगत १०-१५ वर्षदेखि सोही क्षेत्रमा डेरा गरी बस्दै आएका अन्सारी स्थानीय तेल फ्याक्ट्रीमा काम गर्ने गरेको खुलेको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो समाचारमा

काठमाडौँभारतमोरङबुढीगंगा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...