सबै कम्युनिस्ट शक्ति एक हुनुपर्नेमा नेता श्रेष्ठको आह्वान

Author

सजिलो पत्रिका

२०८२ मंसिर २१, आइतबार

26
Share
Featured
  • नेता नारायणकाजी श्रेष्ठले सबै कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नभएको भन्दै वामपन्थी–प्रगतिशील समूहलाई नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।
  • उनले मधेसी जनताको अधिकार सुनिश्चित गर्न कम्युनिस्ट शक्तिहरू मात्र सक्षम भएको र आगामी फागुन २१ को निर्वाचनमा विजयका लागि वाम एकता आवश्यक रहेको बताए।
  • सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा–स्वास्थ्य–रोजगारीजस्ता आधारभूत समस्याको समाधान र मधेस, पहाड, हिमालको एकता मात्रै राष्ट्रिय एकता सुनिश्चित गर्ने प्रमुख आधार भएको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले सबै कम्युनिस्ट शक्ति एक हुनुको विकल्प नभएको बताएका छन्। शनिबार नेकपाले जनकपुरमा आयोजना गरेको मधेश प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले मधेसी जनताको अधिकार कम्युनिस्ट शक्तिहरूले मात्रै सुनिश्चित गर्न सक्ने बताए। 

नेता श्रेष्ठले मधेसवादी दलहरूबाट मधेसी जनताको अधिकार सुनिश्चित नहुने दाबी गरे।  उनले वामपन्थी, प्रगतिशील समूहलाई नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी हुन पनि आह्वान गरे। 

‘वामपन्थी शक्तिहरूको वर्तमान एकता केवल प्रस्थान बिन्दु मात्रै हो,’ उनले भने,  ‘सबै कम्युनिस्टहरू एक हुनुको विकल्प छैन। यो सभा एकताको सन्देश मात्र नभई संकल्पको पनि सभा हो।’

उनले आगामी फागुन २१ गते हुने चुनावमा विजय हासिल गर्न पनि वामपन्थी शक्तिहरुबीच एकताको विकल्प नभएकोमा जोड दिए। 

मुलुकको अघि राष्ट्रिय स्वाधिनको रक्षा, शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता, विकास समृद्धिको कामलाई तीव्रता दिने दायित्व रहेको चर्चा गर्दै श्रेष्ठले त्यसको लागि आवश्यक पर्दा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

उनले सामाजिक आर्थिक रुपान्तरण अबको दायित्व भएको बताए। शिक्षा, स्वास्थ्य रोजगारी, खाद्यान्न, आवास जस्ता जनताका आधारभूत समस्या समाधान नगरेसम्म राजनीतिक परिवर्तन संस्थागत नहुने उनको भनाई थियो। 

मुलुकको विकास र समाजवादको विकल्प नभएको भन्दै उनले आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए।

मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्न सके मात्रै नेपालको राष्ट्रिय एकता मजबुत हुने उनको भनाई थियो। 

यो समाचारमा

नारायण काजी श्रेष्ठमधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...