युवाको मन नछुने व्यवस्थाबाट राष्ट्र खाडलमा पर्यो : मधु कार्की

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

22
Share
Featured
  • पत्रकार तथा राजनीतिज्ञ मधु कार्कीले देशको राजनीतिक अवस्था गम्भीर संकटतर्फ गइरहेको र युवापुस्तामा निराशा तीव्र रूपमा बढेको बताइन्।
  • सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभावका कारण युवामा अविश्वास, असन्तुष्टि र विद्रोही मनोवृत्ति फैलिएको उनको आरोप छ।
  • ‘क्लीन हाउस’ अभियानमार्फत फोहोर राजनीतिक संस्कृतिलाई हटाई स्थिरता, पारदर्शिता र रोजगार–सीप आधारित राष्ट्रनीति आवश्यक असल्यको निष्कर्ष उनले प्रस्तुत गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पत्रकार तथा राजनीतिज्ञ मधु कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको बताउँदै युवापुस्तामा बढ्दो निराशा र असन्तुष्टिले राष्ट्रको भविष्य जोखिममा परेको चिन्ता व्यक्त गरेकी छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले देशमा आवश्यक रहेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको अभावले युवाहरू हरेक दिन निराश, दिग्भ्रमित र अवसरविहीन बन्दै गइरहेको बताइन् ।

उनले भनिन्, ‘हामीले चाहेको अवस्था, चाहेको व्यवस्था हुन सकेको छैन । यो व्यवस्थाले युवाहरूको मन, चेतना र सपनालाई छोएन । टेक्नोलोजीले विश्व समातिरहेको २१औँ शताब्दीमा हाम्रा युवाहरूलाई आफूसँग केही छैन भन्ने लज्जा महसुस गराउँदै गरिएको छ ।’

उनले वर्तमान राजनीतिक नेतृत्व र राज्य संयन्त्रको असमता, अनियमितता र दिशाहीनताका कारण युवा पुस्तामा अविश्वास, निराशा र विद्रोहको सोच व्यापक रूपमा फैलिरहेको बताइन् । 

‘समाजमा फैलिएको सामूहिक निराशा र मास डिप्रेसनले राजनीतिक चेतनामा कालो पट्टी बाँधेको छ,’ उनले भनिन् ।

कार्कीले देशमा देखिएको अव्यवस्था, फोहोर राजनीतिक संस्कृतिहरू, असंवैधानिक अभ्यास र विभाजनकारी प्रवृत्तिले राष्ट्रिय प्रगतिलाई अवरुद्ध गरिरहेको दाबी गरिन् । 

उनले ‘क्लीन हाउस’ अभियानमार्फत फोहोर राजनीतिक व्यवहारलाई सफा गर्दै राष्ट्रलाई स्थिरता, पारदर्शिता र सकारात्मक परिवर्तनतर्फ अघि बढाउन आवश्यक रहेको बताइन् । युवालाई रोजगार, सीप र श्रमसँग प्रभावकारी रूपमा जोड्ने, उनीहरूको क्षमता सही दिशामा प्रवाह गर्ने र दीगो राष्ट्रिय विकासको आधार निर्माण गर्न सक्षम राष्ट्रनीति आजको आवश्यकता भएको उनको निष्कर्ष थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...