माङमालुङ चिया बगानका संचालकले करोडौं भ्रष्टाचार गरेको आरोप

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

20
Share
Featured
  • माङमालुङ चिया बगानका संचालक समिति माथि करोडौंको हिनामिना र अपारदर्शी आर्थिक कारोबारको आरोप लागेको छ।
  • शेयरधनीहरुले ८० रोपनी जग्गा विक्री, बैंकिङ प्रक्रिया अवलम्बन नगर्ने, लेखा परीक्षण नगर्ने जस्ता अनियमितता भएको बताएका छन्।
  • छानबिन समितिले २०७२–७३ देखि २०७८–७९ सम्मको ९ करोडभन्दा बढीको आयव्यय अपारदर्शी देखिएको पाइएको छ।
  • पीडित शेयरधनीहरु न्यायको माग गर्दै अदालतसम्म जाने तयारी गरिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


माङमालुङ चिया बगानका संचालकले करोडौंको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।

माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिइ र विधिसम्मत प्रक्रिया नपुर्याइ केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्री गर्नु गैर कानुनी भएको बताए ।

उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौं शेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’

सञ्चालक केन्द्र प्रसाईको योजनामा ‘माई होम माई गार्डेन’ शिर्षकमा सयौं व्यक्तिहरुबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको शेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।

संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शिता देखाएपछि त्यसको छानविनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जनाए ।

राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय समितिले छानविन गरेको बताए ।

२०८० असारमा सुरु गरेर ०८० असोज १० गते छानविन सकी सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताउँदै राईले भने,‘किरण राई अध्यक्ष र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आब २०७२–७३ देखि आब २०७८–७९सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ बराबरको आयव्यय अपारदर्शी भएको देखिएको छ ।’

शेयरधनी नवल खड्काले बारम्बार आफूहरुले सञ्चालक समितिलाई पादरदर्शी बन्न आग्रह गर्दा पनि उनीहरुले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए ।

४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले भने ‘आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ ।’ ‘हामीले पटकपटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई वेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्यले पत्रकार सम्मेलनदेखि न्यायालयको ढोका ढकढकाउन बाध्य बनाए’ खड्काले थपे ।

शेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनिको आर्थिक कारोबार बैंकिङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धारासायी बनाउन लागेको बताए ।

उनले यस्ता विभिन्न कार्यले आक्रोशित बनाएको बताउँदै भने,‘विल र भर्पाई विना नै लेखा परिक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा विक्री गर्दा पनि विधि मिच्नु, करोडौं रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई वेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारिका नियमावली नहुनु लगायतका कार्यहरुले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’

शेयरधनी हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुद बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौं लगानी गरेको बताए । 

सञ्चालकहरुबाट भएका आर्थि अनियमितता, व्यवस्थापकीय कम्जोरी,विधि र प्रक्रिया उल्लङघन जस्ता कार्यहरुको प्रकोपबाट कम्पनी बचाउन आफूहरु लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरुदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...