सुदूरपश्चिममा पर्यटनको प्रमुख बाधा हवाई कनेक्टिभिटी हो :बस्नेत

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

20
Share
Featured
  • वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम र कर्णाली प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण हवाई कनेक्टिभिटी कमजोर हुनु पर्यटन विकासका लागि मुख्य चुनौती भएको बताए।
  • नेपाल एयरलाइन्सका अव्यवस्थित चारवटा जहाज परिचालन गरी दुर्गम प्रदेशमा नियमित हवाई सेवा विस्तार गर्न सुझाव दिएका छन्।
  • उनले भदौ २३–२४ आन्दोलनलाई जनअपेक्षाको असन्तुष्टि र सेवाभावसहित एजेण्डा आधारित राजनीतिक आवश्यकता भएको उदाहरणका रूपमा प्रस्तुत गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशमा हवाई सेवाको कमजोरी पर्यटन विकासका लागि मुख्य चुनौती बनेको बताएका छन् ।

धनगढीमा आयोजित उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुदूरपश्चिम र कर्णाली दुबै प्रदेशमा दुर्गम भौगोलिक अवस्थाका कारण हवाई कनेक्सन न्यून भएको उल्लेख गर्दै प्रदेशगत दुर्गम हवाई सेवा लागू गर्न आवश्यक रहेको धारणा राखे ।

‘सुदूरपश्चिममा पर्यटनको लागि सबैभन्दा ठूलो तगारो यातायातको र दुर्गम क्षेत्र हुनाले हवाई कनेक्शन कम हुनु हो । हवाई कनेक्शन सुदूरपश्चिममा मात्रै होइन कर्णाली प्रदेशमा पनि त्यति नै ठूलो समस्या छ । त्यसकारण यो दुईवटै प्रदेशको सन्र्दभमा हामीले प्रादेशिक दुर्गम सेवा हवाई सेवा लागू गर्नुपर्छ भनेर पहल गरिरहेका पनि छौं । नेपाल एयरलाइन्सका चारवटा जहाज थन्किएर बसेका छन्, ती जहाजलाई परिचालन गरेर दुर्गम प्रदेशमा नियमित सेवा विस्तार गर्न सकिन्छ,’ बस्नेतले भने ।

उनले राजनीतिक परिवर्तनका सन्दर्भमा नेपालमा इतिहासकै विभिन्न चरणमा शासन प्रणालीले जनअपेक्षा पूरा गर्न नसक्दा आन्दोलनका माध्यमबाट पद्धति परिवर्तन हुने गरेको बताए । भदौ २३ र २४ गतेको आन्दोलन पनि त्यही असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै उनले सेवा भावनासहित एजेण्डा आधारित राजनीति अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘नेपालको इतिहासको विभिन्न कालखण्डमा जब शाषकिय पद्धतिको जनताको अपेक्षा अनुसार काम गरेर त्यो पद्धति परिवर्तन भएको छ । त्यो प्रस्थानविन्दु जति–जति नयाँ मान्छे आउँछ त्यति नै नयाँ विरोध गरेका नेतृत्वले शासन पद्धति सञ्चालन गर्छन् । त्यहि किसिमको पेसागत राजनीति हुन्छ । त्यसकारण गत भदौंको २३,२४ को आन्दोलन पनि त्यही कारण भएको हो । अब त्यसलाई  सुधार्न हामीले के गर्ने भन्दाखेरि अब सेवाको भावनाले हामीले एजेण्डावेश कार्यक्रमहरु अगाडि बढ्नुपर्छ ।’

यो समाचारमा

नेपालधनगढीकर्णाली प्रदेशकाठमाडौँ
सुदूरपश्चिम प्रदेश4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...