सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् : मन्त्री गुप्ता

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

18
Share
Featured
  • मन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रूपमा कमजोर भएकाले ट्राफिक लाइट, लेन व्यवस्थापनलगायत धेरै भौतिक संरचना निर्माण गर्न नसकेको बताए।
  • उपलब्ध स्रोत–साधनभित्र रहेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोर दिए।
  • सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक र चालकबीच सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताउँदै युवासम्बन्धी क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गर्ने भने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् । 

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रुपमा कमजोर रहेको बताए । उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए । 

उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरु छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन् । तर सरकार अहिले आर्थिक रुपमा कमजोर अवस्थामा भएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन् । हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरु साधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ ।’

यस्तै, उनले ट्राफिक र सवारी चालकहरुले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मक दृष्टिकोण भएन भने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कार्यान्वयन हुन गाह्रो हुने बताए । 

आफ्नो मन्त्रालय खेलकुद मन्त्रालय मात्र नभई युवा मन्त्रालय पनि भएको भन्दै अब युवा भन्ने पक्षलाई ध्यान दिएर सबै क्षेत्रमा अगाडि बढ्ने पनि उनको भनाई छ । 

यो समाचारमा

बब्लु गुप्ताकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...