जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी र्याली

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

20
Share
Featured
  • जनकपुरधाममा महिला/मानव अधिकार रक्षकहरूले महिला हत्या–हिंसा विरुद्ध -याली निकाल्दै कानुनको प्रभावकारी कार्यान्वयनको माग गरे।
  • कोण सभामा महिलामाथि भएका घटनाहरूको निष्पक्ष छानबिन, कडा अभियोग र न्यायिक प्रक्रियामा खरीद–बिक्री नहुने वातावरण सुनिश्चित गर्न सम्बद्ध निकायलाई आग्रह गरियो।
  • पोस्टमार्टम रिपोर्टमा चलखेल हुने आरोप लगाउँदै चिकित्सक र विज्ञ टोलीलाई सचेत रहन तथा घटनाहरूको राजनीतिकरण रोक्न महिला अधिकारकर्मीहरूले माग राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधाममा महिला÷मानव अधिकार रक्षकहरुले महिला हत्या÷हिंसा विरुद्ध -याली निकालेका छन् ।

शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको -याली नगरको विभिन्न चोक हुँदै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पुगेर कोण सभामा परिणत भएको छ ।

’पानामा मात्र होइन् व्यवहारमा कानुन लागू गर, महिला हत्या हिंसा बन्द गर’ भन्ने नाराका साथ महिला अधिकारकर्मीहरले उक्त -याली निकालेका हुन ।

कोण सभामा महिला अधिकारकर्मीहरुले महिलामाथी समाजमा हुँदै आएका विभिन्न घटनाहरुको निश्पक्ष छानविन गर्न सम्बन्धित निकायहरुलाई सजग गराएका छन् । 

महिलामाथि हुने हत्या÷हिंसाका घटनामा प्रहरीद्वारा स्वच्छ र निश्पक्ष अनुसन्धान होस, सरकारी वकील कार्यालयबाट दायाँबायाँ नहेरिकन कडा भन्दा कडा अभियोग लगाइयोस, अदालतमा न्यायको खरीद विक्री नहोस र घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा दण्ड सजाय होस भन्ने अपेक्षा राखेको महिला अधिकारकर्मी एवम कानुन व्यवसायी रेखा झाले बताइन् ।

विगतमा मधेश प्रदेशमा महिलाहरुमाथि भएका हत्या÷हिंसाका घटनाहरु उद्धृत गर्दै कानुन व्यवसायी एवम महिला अधिकारकर्मी झाले पोस्टमार्टम रिर्पोटमा चलखेल हुने गरेको आरोप लगाएका छन् । 

उनले चिकित्सक र पोटस्टमार्टम गर्ने विज्ञ टोलीलाई पनि सचेत गराएकी छन् । उनले महिलामाथी हुने हत्या÷हिंसाका घटनामा कुनै राजनीतिकरण हुन नदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेकी छन् ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...