मधेशमा राजनीतिक अस्थिरता कायमै, निर्वाचनपछि चौथो मुख्यमन्त्री फेरिँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

20
Share
Featured
  • प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दा विचाराधीन अवस्थामा राखेर सुनुवाइ गर्ने निर्णय गरेको छ।
  • सर्वोच्चको अर्को आदेशपछि मधेश प्रदेशमा विश्वासको मत प्रक्रिया सुरु भएको थियो, मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका छन्।
  • यादव सरकारमा विपरीत पार्टी निर्देशनमा वनमन्त्री बनेकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै विचाराधीन मुद्दाहरूसँगै राखेर सुनुवाइ गर्ने (लगाऊमा राख्ने) आदेश दिएको छ । यससँगै अदालतले सरकारका नाममा सात दिनभित्र लिखित जवाफ पेश गर्न कारण देखाऊ आदेश जारी गरेको छ ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेपछि एमालेले पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेको थियो ।

यसैबीच, सर्वोच्च अदालतकै अर्को आदेशका कारण मधेश प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ । अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

यो घटनाक्रमसँगै पार्टीको निर्देशन विपरीत यादव सरकारमा वनमन्त्री बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । पार्टीको सिफारिसमा उनलाई सांसद पदबाट बर्खास्त गरिएको हो ।

२०७९ को निर्वाचनपछि मधेश प्रदेशमा चार जना मुख्यमन्त्री फेरिइसकेका छन्, जसले प्रदेशको राजनीतिक अस्थिरता र सङ्घीयताको कार्यान्वयनमा देखिएको चुनौतीलाई उजागर गरेको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सरोज कुमार यादवसुशीला कार्कीराष्ट्रिय प्रजातन्त्र पार्टी
मधेश प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...