फागुन २१ को चुनावले परिवर्तनलाई संस्थागत गर्ने छ : कुलमान घिसिङ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार

17
Share
Featured
  • ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विकास, निर्माण र समृद्धिको एजेण्डामा भाषण मात्र गर्ने व्यक्ति असफल हुन सक्ने भन्दै सहि नेतृत्व र सहि व्यक्ति छनोटको महत्व औंल्याए।
  • उनले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभई सुशासन, सही व्यक्तित्व र जिम्मेवारीपूर्ण प्रशासन आवश्यक रहेको बताउँदै, सचिवदेखि मन्त्रीसम्म सहि व्यक्तिहरुको जिम्मेवारी नदिँदा विगतमा विकास असफल भएको उदाहरण प्रस्तुत गरे।
  • देशलाई वास्तविक परिवर्तन र निकाश दिलाउन सहि नेतृत्व जरुरी रहेको र फागुन २१ को चुनावले उक्त परिवर्तनलाई संस्थागत गर्ने अवसर हुने उनको भनाइ थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तन र भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माणको एजेण्डामा असफल हुन सक्ने बताएका छन् । 

बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले यदि सहि व्यक्ति छानिएन र  आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो हुने भन्दै भाषण गर्न सक्ने व्यक्ति समृद्धिको एजेण्डामा असफल हुन सक्ने बताए । 

उनले भने, ‘सहि व्यक्ति, सहि समयमा, सहि ठाँउमा हुनुपर्छ । त्यसपछि देश परिवर्तन हुन्छ । त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्छ । यदि सहि व्यक्ति छानिएन आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो छ । राजनीतिक परिवर्तन गर्न, भाषण गर्न सक्ने व्यक्ति विकास, निर्माण र समृद्धिको एजेण्डामा असफल हुन सक्छन् । त्यसकारण भाषणले होईन कामले गर्नुपर्छ । परिणाम दिनुपर्छ ।’

यस्तै, उनले सहि व्यक्तिहरुको छनोट गरेर मन्त्रालयहरु जिम्मा दिएको भए, सहि व्यक्तिहरुलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए आजको अवस्था सिर्जना नहुने पनि बताए । 

उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको जुन कुरा छ, सुशासन भएन भने देश बन्दैन् । किन हरेक राजनीतिक परिवर्तन पछिका नेताहरु, सरकारहरु किन सफल भएनन् त राजनीतिक परिवर्तनमा उहाँहरु एकदमै अब्बल देखिनु भयो तर त्यही व्यक्तिले विकासको एजेण्डा लिएर अगाडि बढ्दा सफल हुदैँन् रहेछ भन्ने कुरा प्रमाणित भएको छ । सहि व्यक्तिहरुको छनोट भएन, सहि व्यक्तिहरुलाई यदि मन्त्रालयहरु जिम्मा दिएको भए, सहि व्यक्तिहरुलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए त्यो अवस्था आउदैँन् थियो । प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सहि हुनुपर्छ ।’

राजनीतिक परिवर्तन, सिस्टम र आइडोलोजिले मात्र देश नबन्ने भन्दै देश राम्रो बनाउनको लागि सहि नेतृत्व एकदमै जरुरी भएको पनि उनको भनाई छ । 

देशमा भएको परिवर्तनबाट देशले निकाश पाउनु पर्ने भन्दै अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने उनको भनाई छ । 

उनले भने, ‘देशलाई फेरि पहिलाकै अवस्थामा कसरी लाने भन्ने कुरा एकदमै महत्वपूर्ण छ र त्यो महत्वपूर्ण जिम्मेवारीमा हामी छौ । यो परिवर्तनबाट देशले निकाश पाउनु पर्छ भनेर लागेका छौ । अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने छ ।’

यो समाचारमा

काठमाडौँकुलमान घिसिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...