पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत

Author

सजिलो पत्रिका

२०८२ मंसिर १७, बुधबार १४:०८

17
Share
Featured
  • बस्नेतले बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तरमहादेशीय उडान अभावलाई देशको मुख्य चुनौती बताउँदै भैरहवामा ‘इण्टरकन्टिनेन्टल फ्लाइट हब’ बनाउनुपर्ने प्रस्ताव राखे।
  • भैरहवाबाट ब्३५० जस्ता वाइड–बडी जहाजले अमेरिका–क्यानाडासहित दूरगन्तव्यमा सीधा उडान भर्न सक्ने, पाँच जहाज सञ्चालन भए वर्षमा ५ लाख बढी नयाँ पर्यटक भित्र्याउन सकिने उनले दाबी गरे।
  • नेपाल वायुसेवा रूपान्तरण, राजनीतिक इच्छाशक्ति, र काठमाडौँ–पोखरा–भैरहवा विमानस्थलको प्रभावकारी उपयोग गर्न सके नेपालले २०–३० लाख पर्यटक भित्र्याउने क्षमता रहेको निष्कर्ष उनले प्रस्तुत गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण गर्न ‘इण्टरकन्टिनेन्टल फ्लाइट हब’ बनाउने रणनीति अघि सारेका छन् ।

मंगलबार पोखरामा आयोजित ‘पर्यटनमय पोखरा’ कार्यक्रममा बोल्दै बस्नेतले बेरोजगारीले देशमा असन्तुष्टि र सामाजिक समस्या बढाइरहेको उल्लेख गर्दै रोजगारी सिर्जनाका तीन मुख्य आधार—पर्यटन, कृषि र सूचना–प्रविधि आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

‘११ लाखमा पर्यटन स्याचुरेट’

उनका अनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) मा वार्षिक १०–११ लाख ‘पर्यटक श्रेणी’का आगन्तुक देखिए पनि त्यसमा ठूलो संख्या गैरआवासीय नेपाली र विभिन्न दूतावास तथा संस्था (एनजीओ–आइएनजीओ) मा कार्यरत विदेशीहरूको रहने भएकाले वास्तविक पर्यटक संख्या बढ्न नसकेको बताए ।

‘देशको पर्यटक क्षमता ११ लाख वरिपरि थिंग्रिएको छ, अब यो मोड्न अन्तरमहादेशीय उडान अनिवार्य छ,’ बस्नेतले भने ।

भैरहवाबाट अन्तरमहादेशीय उडान सम्भव

बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) भौगोलिक र प्राविधिक हिसाबले वाइड–बडी जहाज उडानका लागि उपयुक्त रहेको दाबी गरे । एयरबसका प्राविधिकसँगको अध्ययन टेर्ड गर्दै उनले ब्३५०–१००० जस्ता ३६९ सिट क्षमताका जहाजले भैरहवाबाट टोरन्टो, न्युयोर्क, लस एन्जलससम्म सीधा उडान भर्न सक्ने स्पष्ट गरे ।

उनका अनुसार एक ब्३५० जहाजले वर्षमा करिब १ लाख यात्रु ओसारपसार गर्न सक्ने भएकाले भैरहवाबाट पाँच जहाज निरन्तर सञ्चालन गर्न सकिए वर्षमा ५ लाख नयाँ पर्यटक भित्र्याउन सकिने छ ।

‘नेपाल एयरलाइन्स रूपान्तरण बिना सम्भव छैन’

बस्नेतले अन्तरमहादेशीय उडान विस्तारका लागि नेपाल वायुसेवा निगमलाई ‘पूर्ण रूपान्तरण’ गर्नुपर्ने आवश्यकता दोहो-याए । अन्तर्राष्ट्रिय रूपमा जहाज खरिद १० प्रतिशत डिपोजिटमा ‘लिज–परचेज’ मोडेलबाट हुने भन्दै १८० मिलियन डलर मूल्य पर्ने जहाज नगद किन्ने पुरानो अभ्यास त्याग्नुपर्ने बताए ।

‘इथोपियन एयरसँग १०० वटा ७८७ जहाज छन्, नेपालले वर्षमा पाँचवटा ब्३५० ल्याउन नसक्ने कारण छैन,’ उनले भने ।

पोखरामा बैंककसम्म उडान सम्भव, ‘राजनीतिक इच्छाशक्ति चाहिन्छ’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे बोल्दै उनले एयरबस ३१९ (१४० सिट) जस्ता जहाजले बैंककसहित दक्षिण र दक्षिणपूर्व एसियाका प्रमुख गन्तव्यमा सीधी उडान भरिन सक्ने बताए । ‘प्राविधिक समस्या छैन, समस्या राजनीतिक इच्छाशक्ति हो,’ उनले स्पष्ट पारे ।

पर्यटनमा ‘स्काई इज द लिमिट’

बस्नेतले व्यवस्थापन, मार्केटिंग, र योजना आधारित पर्यटन पूर्वाधार विस्तार गर्न सके नेपालले बाली जस्तै पर्यटक आकर्षित गर्न सक्ने बताए । ‘बालीले वर्षमा ७० लाख पर्यटक ल्याउँछ, नेपालका लागि २०–३० लाख ठूलो संख्या होइन,’ उनले भने ।

उनले भैरहवा विमानस्थलको पूर्ण सदुपयोग नै नेपालको पर्यटन विस्तारको केन्द्रबिन्दु हुने दाबी गरे ।

यो समाचारमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपोखरानेपालकाठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल4 more

ट्यागहरू

#पोखरा#पर्यटक#भैरहवा#कार्यक्रम#केन्द्रीय सदस्य#त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल#नेपाल#प्रगतिशील लोकतान्त्रिक पार्टी#आयोजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    भर्खरै

    News Image

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    News Image

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू