तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

13
Share
Featured
  • भारतका गणेश बरैयाले तीन फिट उचाइ भएकै कारण भोगेको भर्ना अस्वीकृति सर्वोच्च अदालतले उल्ट्याएपछि एमबीबीएस पढ्ने अवसर पाए।
  • कानुनी संघर्ष पार गर्दै उनले अब चिकित्सकका रूपमा काम सुरु गरेका छन् र विश्वका सबैभन्दा होचा डाक्टरमध्ये एक बनेका छन्।
  • किसान परिवारका गणेशको पहिलो लक्ष्य आफ्नो परिवारका लागि राम्रो घर बनाउने रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रुपमा अशक्त उनी यतिबेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी अब चिकित्सकका रुपमा देखिन थालेका छन् । नोभेम्बर २७ बाट उनले काम पनि सुरु गरेका छन् । 

चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरू पार गरेका छन्। कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबीबीएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो ।

तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसला सुनाएपछि उनी प्रेरणाका स्रोत बन्न पुगेका हुन् । उनले अब चिकित्सा डिग्री हासिल गर्ने र समुदायको सेवा गर्ने अवसर पाउनेछन् । 

होचो कदका कारण विभेदको सामना गर्नु परेपनि कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होचो डाक्टर बन्न सफल भएका छन् । शरीरको उचाइका कारण कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै  मेडिकल काउन्सिलबाट पीडित बनेका उनलाई अदालतले न्याय दिएको हो ।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबीबीएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दिएको थियो । उनका आमाबाबु किसान हुन्, र उनी नौ दाजुभाइ, सात दिदीबहिनी र एक कान्छो भाइमध्ये एक हुन्। उनको परिवार कच्चा घरमा बस्छ । अब उनको पहिलो लक्ष्य उनीहरूको लागि उचित घर बनाउनु हो।

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...