समयमा काम नसक्ने दुई निर्माण कम्पनी कालो सूचीमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

20
Share
Featured
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम पूरा नगरेको भन्दै दुई निर्माण कम्पनीलाई तीन वर्षका लागि कालो सूचीमा राखेको छ।
  • काम समयमै सम्पन्न नगरेको सरकारी सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन २०६३ अनुसार कारबाही गरिएको हो।
  • कालो सूचीमा परेका कम्पनीहरूले तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई तीन वर्षका लागि कालो सूचीमा राखिएको जानकारी दिएको हो।

विभिन्न सरकारी निकायको सिफारिसमा जिम्मा लिएको काम समयमै सम्पन्न नगरेकाले ती कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गरिएको कार्यालयले जनाएको छ।

कालो सूचीमा परेका कम्पनीहरूले यो तीन वर्षको अवधिमा कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।


यो समाचारमा

काठमाडौँसार्वजनिक खरिद अनुगमन कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...