तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

15
Share
Featured
  • सरकारले 45 MW चुम्चेत स्यार खोला, 8.60 MW मिडिल लिखु र 4.89 MW छोमरोङ खोला गरी तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गर्यो।
  • चुम्चेत स्यार खोला परियोजनाबाट वार्षिक करिब 348 GWh विद्युत उत्पादन भई 220 kV प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी सबस्टेसनमा जोडिनेछ।
  • हालसम्म 263 परियोजनाले 11,097 MW उत्पादन अनुमति पाइसकेका छन्, र चालू वर्षमा मात्रै 42 नयाँ प्रस्तावसहित 193 आयोजना सर्वेक्षण अनुमतिको प्रक्रियामा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो।

४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाट–घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ । उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ ।

रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पूरा भइसकेकाले चिलिमे कम्पनीका लागि स्यार खोला अर्को महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको विभागले बताएको छ ।

यस्तै, विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजना (रामेछाप, साँघुटार) र ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजना (घान्द्रुक) लाई पनि उत्पादन अनुमति प्रदान गरेको छ ।

विभागका अनुसार हालसम्म कुल २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन्, जसको संयुक्त क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ । चालू आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको उल्लेख छ ।

यस्तै, हालसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन् । चालू आर्थिक वर्षमा मात्रै ४२ नयाँ आवेदन परेको विभागले जनाएको छ । ती प्रस्तावित आयोजनाहरूको संयुक्त क्षमता करिब ९ हजार ६८९ मेगावाट रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...