समावेशी समाजवादी पार्टीकी प्रवक्ताको दाबी : ‘हामी नेपालमा इतिहास रच्नेछौं’

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

11
Share
Featured
  • नेपालमा पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायसहित अपाङ्गता, दृष्टिविहीनता र फरक क्षमता भएका व्यक्तिहरूको समावेशमा ‘समावेशी समाजवादी पार्टी’ दर्ता भयो।
  • अन्य दलले प्राथमिकता नदिएकाले राजनीतिक समावेशिता, समानता र प्रतिनिधित्व सुनिश्चित गर्न यो नयाँ दल गठन गरिएको प्रवक्ता प्रतिक्षा चापागाईले बताइन्।
  • पार्टीले समाजवादी सिद्धान्तका आधारमा अघि बढ्दै अल्पसङ्ख्यक, सिमान्तकृत र विविध पहिचान भएका व्यक्तिहरूका मुद्दालाई एजेन्डा बनाइ आगामी चुनावमा सहभागी हुने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको छुट्टै दल  ‘समावेशी समाजवादी पार्टी’ दर्ता भएको छ ।

महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता भएको हो । 

कार्तिक २४ गते काठमाडौँमा राष्ट्रिय भेला गरेर तेस्रोलिंगी अधिकारकर्मी ‘मायाको पहिचान नेपाल’मा आबद्ध नुमा लिम्बु (चञ्चला)को अध्यक्षतामा गठन भएको २१ सदस्यीय समावेशी समाजवादी पार्टीले २७ कार्तिकमा दल दर्ताको निवेदन दिएको थियो। पार्टीले दर्ता प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।

यसै क्रममा पार्टीकी प्रवक्ता समेत रहेकी समलिंगी दृष्टिविहीन महिला प्रतिक्षा चापागाईंले फरक क्षमता भएका व्यक्तिहरुलाई पनि राजनीति समावेशिता सुनिश्चित गर्नुपर्छ भनेर अभियानका रुपमा दल दर्ता भएको बताइन् । 

‘नेपालको संविधानको धारा १२, १८, २२, ४२ अनुसार यौनिक तथा लैङ्गिक अल्पसंख्यक एवम् अन्य विभिन्न इन्टरसेक्शनल आइडेन्टिटिज बोकेका व्यक्तिहरूको पनि देशको नागरिकका रुपमा हुनुहुन्छ । उहाँहरूलाई पनि अघि बढाउनुपर्छ, राजनीतिक समावेशिता सुनिश्चित गर्नुपर्छ भनेर हामी आएका हौं । अन्य दलहरुले प्राथमिकता नदिएपछि हामी अघि बढ्न वाध्य भएका हौं,’ उनले भनिन् । 

समावेशी समाजवादी पार्टी यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मात्र नभइ दलमा अपाङ्गता भएका, जातियता, भूगोल र विभिन्न परिस्थितिबाट अल्पसंख्यकमा परेका व्यक्तिहरुको प्रतिनिधित्वका लागि दल खोलेको उनको भनाइ छ । 

क्षमता र योग्यता नभएको भन्दै पछाडि पारिएका वर्ग एवम सिमान्तकृतहरुका लागि पार्टीले एक अभिभावकका रुपमा काम गर्ने पनि उनले बताइन् । 

‘हामीलाई भोटको लागि मात्र प्रयोग गरियो । लिडरसिप पोजिसनमा मौका नै दिइएन् । त्यसैले हामी संगठित भएका हौं,’ प्रवक्ता चापागाईले भनिन्,‘ अब हामी यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तित्वहरू मन, मस्तिष्क, हृदय, आत्मादेखि नै समावेशी बनेर अघि बढ्न चाहन्छौं ।’

समाजवादी सिद्धान्तका आधारमा अघि बढ्ने बताउँदै उनले समानताका लागि अपाङ्गता भएका जातिय र लिंगीय रुपमा पछाडि परेका, भौगोलिक हिसाबले विभेदमा परेका साथै वैवाहिक समानताको मुद्दाले शसक्त रुपमा पार्टीलाई सक्रिय बनाउने बताइन् । 

पार्टीका एजेन्डाहरु चाँडै सार्वजनिक गर्ने भन्दै प्रवक्ता चापागाइँले भनिन्,‘एजेन्डाहरुलाई अन्तिम रुम दिंदैछौं । अन्य दलहरुका भन्दा पृथक र राम्रो एजेन्डाहरु लिएर जनतामाझ जानेछौं । संघीय र प्रदेश संसददेखि स्थानीय तहहरुमा हाम्रो प्रतिनिधित्व सुनिश्चित गरेर देश र जनताको सेवा गर्न तत्पर छौं ।’

नेपालको इतिहासमै सबैभन्दा पहिलो काम भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनका लागि पनि चाँडै उम्मेदवारको विषयमा छलफल चलाउने पनि जनाइन् ।

यो समाचारमा

काठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...