तमिलनाडु शिवगंगा बस दुर्घटना: ११ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

19
Share
Featured
  • तमिलनाडुको शिवगंगा जिल्लामा दुई सरकारी बस आमने-सामने ठोकिँदा ११ जनाको मृत्यु र ४० भन्दा बढी घाइते भएका छन्।
  • दुर्घटना तिरुप्पुर नजिकै घटेको हो; एक बस तिरुप्पुरबाट कराईकुडी जाँदै थियो भने अर्को कराईकुडीबाट डिंडीगुलतर्फ जाँदै थियो।
  • ड्राइभरसहित आठ जनाको घटनास्थलमै मृत्यु भयो, थप तीन घाइतेको अस्पतालमा मृत्यु भयो, र केही घाइतेको अवस्था गम्भीर छ।
  • दुर्घटनाका कारण ट्राफिक अवरुद्ध भयो; प्रहरीले ट्राफिक डायवर्ट गरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तमिलनाडुको शिवगंगा जिल्लामा दुई सरकारी बसहरू आमने-सामने ठोकिँदा भयानक दुर्घटना भएको छ, जसमा ११ जनाको मृत्यु भएको छ। मृतकहरूमा आठ महिला, दुई पुरुष र एक बच्चा छन् भने ४० भन्दा बढी मानिस घाइते भएका छन्।

दुर्घटना कुम्मनगुडी नजिकै तिरुप्पुरमा घटेको हो। एक बस तिरुप्पुरबाट कराईकुडी जाँदै थिई भने अर्को बस कराईकुडीबाट डिंडीगुलतर्फ जाँदै थियो। आम मानिसहरूको सहयोगमा घाइतेहरूलाई बसबाट निकालेर नजिकका अस्पतालमा पुर्‍याइएको छ।

दुर्घटनामा ड्राइभरसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप तीन घाइतेको तिरुप्पुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। घाइतेहरूलाई तिरुप्पुर, मदुरै र कराईकुडीका सरकारी अस्पतालहरूमा उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनाका कारण ट्राफिकमा ठूलो अवरोध सिर्जना भयो र प्रहरीले ट्राफिकलाई डायवर्ट गर्यो। तिरुप्पुर प्रहरी स्टेशनले दुर्घटनासम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। यसअघि पनि २४ नोभेम्बरमा तेनकासी जिल्लामा दुई बसहरूको आमने-सामने ठोक्काबाट सात जनाको मृत्यु भएको घटना भएको थियो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...