महाधिवेशनको मिति टुंग्याउन देउवाले बोलाए पदाधिकारी बैठक

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

22
Share
Featured
  • महाधिवेशनको मिति तय गर्न कांग्रेसभित्र सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आफ्नै निवासमा बोलाएका छन्।
  • विशेष महाधिवेशनको माग गर्दै १४औँ महाधिवेशनका करिब ५४% प्रतिनिधिले लिखित पत्र बुझाएका कारण पार्टीमा दबाब बढेको छ, जसअनुसार ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
  • देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मिति र अन्य सांगठनिक विषयमा टुंगो लाग्ने अपेक्षा गरिएको छ, बैठकमा शेखर कोइराला र रमेश लेखक पनि सहभागी हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसभित्र महाधिवेशनको मिति तय गर्ने विषयमा सहमति जुटाउन नसकिएपछि सभापति शेर बहादुर देउबाले आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

यसअघि उपसभापति पूर्णबहादुर खड्काले गरेको सहमतिको प्रयास सफल हुन नसकेपछि सभापति देउवाले आफैँ अग्रसरता लिएका हुन् । बैठक दिउँसो १ बजे देउवा निवास महाराजगन्जमा बस्नेछ ।

बैठकमा महाधिवेशनको मिति र अन्य सांगठनिक विषयमा छलफल हुनेछ । बैठकमा नेता डॉ. शेखर कोईराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुने बताइएको छ । देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

कांग्रेसभित्र विशेष महाधिवेशनका लागि दबाब बढिरहेको छ । पार्टीको १४औँ महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्ण बहादुर खड्कामार्फत विशेष महाधिवेशनको माग गर्दै लिखित पत्र बुझाएका थिए ।

पार्टीको विधानअनुसार, हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ, जुन समयावधि यही पुस २८ गते सकिँदैछ । यही दबाबका बीच देउवाले सहमतिका लागि बैठक बोलाएका हुन् ।

यो समाचारमा

रमेश लेखकशेर बहादुर देउबाडॉ. शेखर कोईरालाकाठमाडौँ
पूर्ण बहादुर खड्का5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...