बारामा घाँटी रेटेर एक पुरुषको हत्या

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

16
Share
Featured
  • बारामा ४२ वर्षीय राम किशोर सिंहको घाँटी रेटेर हत्या गरिएको शव प्रसौनी गाउँपालिका–६ भलुही चौक नजिक फेला परेको छ।
  • प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या भएको पुष्टि भइसकेको छ र तालिमप्राप्त कुकुरमार्फत सूक्ष्म अनुसन्धान भइरहेको छ।
  • घटनास्थल नेपाल–भारत सिमानासँग नजिक भएकोले सुरक्षा उच्च राखिएको छ र दोषी छिट्टै पक्राउ गर्ने प्रयास भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बारामा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर–२ निवासी अन्दाजी ४२ वर्षीय राम किशोर सिंहको शुक्रबार प्रसौनी गाउँपालिका–६ भलुही चौक नजिकमा हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सो गाउँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए  । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय प्रसौनीको टोली पुगेको थियो । घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ । तालिम प्राप्त कुकुर परिचालन गरी सूक्ष्म अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

मृतक सिंह प्रसौनीस्थित किरण बिग्रेज नेपाल प्रालिका व्यवस्थापक रहेको प्रहरीले जनाएको छ । नेपालभारत सिमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको र छिट्टै दोषीहरू पक्राउ पर्ने बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए । घटनास्थल वीरगञ्जबाट करिब १० किलोमिटर पूर्व कलैया– वीरगञ्ज सडकखण्डमा पर्छ ।

यो समाचारमा

नेपालप्रसौनी गाउँपालिकाकाठमाडौँधनकौल गाउँपालिका
बारा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...