धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

19
Share
Featured
  • धनुषा कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानीको आरोप लगाएको छ।
  • उनीहरूले पोखरीमा माटो भर्ने र घाट निर्माणसम्बन्धी आयोजना २९,४४,१३७ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ, जबकि कम मूल्यमा बोलकबोल गर्ने अर्को कम्पनीलाई जिम्मा दिनुपर्नेमा मिलेमतो गरेको पाइएको छ।
  • नगर प्रमुखसहितका दोषीले पदको दुरुपयोग गरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएकोले जनही २९,४४,१३७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


धनुषाको कमला नगरपालिका, धनुषाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध  गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

नगर प्रमुख गोइतसहित इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले जनाए अनुसार नगर प्रमुख गोइतसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरिएको हो । 

आयोगका अनुसार इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्ध पनि मुद्दा दायर भएको हो । उनीहरूले आपसी मिलेमतोमा लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणसहित सौन्दर्य निर्माण गर्ने आयोजनामा २९ लाख ४४ हजार १३७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेका छन् ।

उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।

७५ लाख रुपैयाँको उक्त आयोजनमा कम कबोल गर्ने सेट स्क्वायर कन्सट्रक्सन प्रालिलाई निर्माणको जिम्मा दिनुपर्नेमा आपसी मिलोमतोमा इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिलाई निर्माणको जिम्मा दिएर २९ लाख ४४ हजार १३७ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारले आरोप पत्रमा दाबी गरेका छन् । 

नगर प्रमुख गोइतसहितका व्यक्तिहरूले पदको दुरुपयोऊ गर्दै सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरेको पाइएकोले जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

यो समाचारमा

काठमाडौँकमला नगरपालिका, धनुषाअख्तियार दुरुपयोग अनुसन्धान आयोगधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...