जेनजी आन्दोलनमा भागेका थुनुवा नेपालगन्जको होटलमा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

19
Share
Featured
  • दाङको तुलसीपुर कारागारबाट भागेका देवराज देवकोटा नेपालगन्जको रुकुमेली होटलमा मृत अवस्थामा फेला परेका छन्।
  • उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए र जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका थिए।
  • शव मुखमा फिँज लागेर भेटिएको थियो; पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइने र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दाङको तुलसीपुर कारागारबाट भागेका एक थुनुवा नेपालगन्जमा मृत अवस्थामा फेला परेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका देवराज देवकोटा नेपालगन्जको रुकुमेली होटलमा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरका देवकोटा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।

बाँके प्रहरीका अनुसार, उनी मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका थिए । उनको शव हाल नेपालगन्जको नर्सिङ होममा राखिएको छ र आज भेरी अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचारमा

दाङतुलसीपुर उपमहानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...