सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

18
Share
Featured

काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका , सिराहा–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् । 

घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

सिराहाकाठमाडौँगोलबजार नगरपालिका , सिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...