एकीकृत समाजवादी अभियान र नेकपा संयुक्तबीच एकता

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

17
Share
Featured
  • एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा हुँदै हँसिया चुनाव चिन्हसहित दुई महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने सहमति भएको छ।
  • घनश्याम भुसालले कम्युनिष्ट आन्दोलनप्रति गर्व गर्नुपर्ने बताउँदै वर्तमान नेतृत्वले समाजवादी कार्यदिशा बुझ्न नसकेर पुँजीवादी शक्तिसँग नजिकिएको आरोप लगाए।
  • नयाँ एकीकृत पार्टीले मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा वैज्ञानिक समाजवाद, समानता र शोषणविरुद्ध संघर्ष गर्दै अन्तर्राष्ट्रिय समाजवादी मूल्यको पक्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ । 

बिहीबार एकता घोषणा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादी पुनःगठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको घोषणा गरेका हुन् । 

एकता घोषणा पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पुनःगठन अभियानका संयोनक घनश्याम भुसालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेताहरु कम्युनिष्ट आन्दोलनप्रति गौरव गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको आधुनिक राजनीतिकमा योगदान गरेको एउटा शक्ति भन्ने हो भने त्यो कम्युनिष्ट आन्दोलन हो । कम्युनिष्ट पार्टी हो । त्यस अर्थमा केहीपनि इमान्दार कम्युनिष्टले लाज मान्नुपर्ने छैन् । गौरव गर्नुपर्नेछ । त्यस अर्थमा हामी जायज सन्तान हौ । आजको संविधान, लोकतन्त्रप्रति गौरव छ । कुनै हिच्किचाउनुपर्ने काम गरेको छैन ।’

उनले नयाँ क्रान्तिको युगमा प्रवेश गरेको कम्युनिष्ट पार्टीहरुले समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक बुझ्न नसकेको बताए । 

उनले भने, ‘सामान्तवाद ढलिसकेपछि राजतन्त्र उन्मुलन भइसकेपछि नयाँ क्रान्तिको युगमा प्रवेश गरेका थियौं । नयाँ चरण सुरुवात भएको थियो । अब हाम्रा लागि समाजवादी कार्यदिशा, समाजवादी राजनीतिक, समाजवादी संगठन यसका सिद्धान्तहरु चाहिएको हो । दुर्भाग्यवश हाम्रो नेतृत्वले त्यो कुरा बुझ्न सकेन । अरु पार्टी जस्तै पुँजीवादीसँग उठबस गर्न थाल्यो ।’

नेता भुसालले एकीकृत समाजवादी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजन भएर नेपाली काँग्रेसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पछि अल्मलिएर बसेको आरोप लगाए ।   

पार्टी घोषणामा चुनाव चिन्ह हँसिया रहने र दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।

माक्र्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिष्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने, विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने सहमति भएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...