गैर सांगठनिक चरित्रको पुस्ताले नेपालको राजनीतिमा उथलपुथल ल्याए : नेता घिमिरे

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

14
Share
Featured
  • नेता गुरुराज घिमिरेका अनुसार १५ औँ महाधिवेशनका लागि पार्टी नेतृत्वले सुझाव नसुनेपछि २४८८ जनाको हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालयमा बुझाइएको छ।
  • उनले १४ औँ महाधिवेशनपछि पनि तीन वर्ष बितेसम्म प्रक्रिया अघि नबढेको र राजनीति सहज रूपमा अगाडि बढ्न अवरोध भएको गुनासा गरे।
  • सत्ताको आडमा लामो बैठक बसे पनि निष्कर्षमा पुग्न नसकेको, विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्ने कुरामा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले १५ औं महाधिवेशन समयमा गर्न हात जोडेर भन्दा पनि पार्टी नेतृत्वले नसुनेको बताएका छन् । 

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलालाई सम्बोधन गर्दै उनले १५ औं महाधिवेशन समयमा गर्ने कुरा पार्टी नेतृत्वले नसुनेपछि महाधिवेशन प्रतिनिधि साथिहरुसँग छलफल गरेर महाधिवेशनको लागि २४८८ जनाको हस्ताक्षर संकलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको बताए ।  

उनले भने, ‘अब हामी महाधिवेशन तर्फ लागौ, अहिलेको अवस्थालाई विवेचना गरौं । घटनाहरुलाई समिक्षा गरौ, आत्म समिक्षा गरौ ३५, ३६ वर्ष सरकार चलाउदा हामीले कतै कमजोरी त गरेनौ समिक्षा गरौं त्यसको लागि केन्द्रीय समितिको साँघुरो घेरा प्रयाप्त छैन् । त्यहाँ मात्र छलफल गरेर अब प्रयाप्त भएन त्यसकारण नियमित महाधिवेशन गरौ । १५ औं महाधिवेशन गरौं, हामीले हात जोडेर भन्यौ तर पार्टीले सुनेन, पार्टी नेतृत्वले सुनेन, त्यसैले हामीले सल्लाहा गर्यौ महाधिवेशन प्रतिनिधि साथिहरुले छलफल गरेर एउटा टुंगोमा पुग्यौ । २४८८ जनाको हस्ताक्षर हामीले केन्द्रीय कार्यालयमा बुझायौ ।’

यस्तै, उनले १४ औं महाधिवेशन पश्चात नै महाधिवेशनको लागि आग्रह गर्दा पनि तीन वर्ष बितेसक्दा पनि महाधिवेशनको प्रक्रिया अगाडि बढ्न नसकेको पनि बताए । 

साथै, नेपालको इतिहासलाई नै विभाजन गर्ने गरि गैर दार्शनिक, गैर सांगठनिक चरित्रको एउटा पुस्ताले नेपालको राजनीतिमा उथलपुथल ल्याएको भन्दै यसले नेपालको राजनीतिलाई सहज रुपमा अगाडि बढाउन समस्या भएको पनि उनको भनाई छ । 

उनले भने, ‘नेपालको इतिहासलाई नै विभाजन गर्ने गरि एउटा युग विभाजक आन्दोलन भयो । गैर दार्शनिक, गैर सांगठनिक, गैर संस्थागत र गैर राजनीतिक चरित्रको एउटा पुस्ताले नेपालको राजनीतिमा उथलपुथल ल्यायो । एउटा आदीबेरि, चक्रवाद आयो मूलधारका राजनीतिक पार्टीहरु र हामी किनारामा धकेलियौ र अब नेपालको राजनीतिलाई सहज रुपमा अगाडि बढाउन समस्या भयो ।’

सत्ताको आडमा बस्दा लागेको हिलो पखालेर जनताको अगाडि देखाउन मिल्ने बनाउनु पर्ने ठाँउमा संसारका कीर्तिमानहरूलाई भंग गरेर बैठक बसिसक्दा पनि निष्कर्षमा पुग्न नसकेको पनि उनको गुनासो रहेको छ । 

उनले भने, ‘फोहोर लाग्यो सत्ताको आडमा बस्यौ, त्यो सत्ताको आडमा बस्दा लागेको हिलो पखालौ जनताको अगाडि देखाउन मिल्ने बनाउ । विगतमा गल्ती कमजोरी भयो, अब त्यही कुरालाई बोध गरेर बस्ने होइन । कमीकमजोरी सच्याएर अघि बढ्ने हो । तर केन्द्रीय कार्यसमितिको बैठक विश्वमा कीर्तिमान राख्ने गरी डेढ महिनादेखि बसिरहेको छ । सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीका २३ दिन बसेको रहेछ । तर, संसारका कीर्तिमानहरूलाई भंग गरेर बैठक बसिसक्दा पनि निष्कर्षमा पुग्न सकेका छैनौँ ।’

यो समाचारमा

नेपालकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...