सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु, हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता आवश्यक

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

17
Share
Featured
  • सिराहामा ‘लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान’ सुरु, र्याली र सचेतनामूलक कार्यक्रमहरू आयोजनासहित।
  • स्थानीय नेतृत्वको भनाइ: लैंगिक हिंसा रोकथामका लागि घरबाटै सुधार, बालबालिकालाई राम्रो वातावरण, युवाहरूलाई उचित मार्गदर्शन आवश्यक।
  • कार्यक्रमहरू: साइबर अपराधमाथि प्रजेन्टेशन, कानुनी साक्षरता, सडक नाटक, अन्तरक्रिया—हिंसा उजागर गर्न र पीडितलाई न्यायमा पहुँच बढाउन केन्द्रित।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ । 

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो ।

सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो । 

सिरहा नगर परिक्रमापछि नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । उपप्रमुख बबिता कुमारी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नपाका प्रमुख डा नविन कुमार यादवले लैंगिक हिंसा रोकथाम र अन्त्यका लागि पहिला घरबाटै सुधार गर्नुपर्ने बताए ।  उनले बालबालिका र किशोर किशोरीलाई उचित शिक्षा र राम्रो बातावरण दिन सकिए एक हदसम्म हिंसामा कमी आउने बताए । 

युवाहरू कामको अभावमा भडकिरहेका र गलत ब्यक्तिहरूको संगतले कुलत र दुव्र्यसनीमा फस्ने बताउँदै यस्तै कारण पछि गएर महिला हिंसामा परिणत हुने अबगत गराए । महिला हिंसा रोक्न महिला आफै पनि सशक्त हुनुपर्ने र हिंसा गर्नेसंग आबश्यक परे प्रतिकार गर्न पनि पछि पर्न नहुने उनले बिचार ब्यक्त गरे । 

यसै क्रममा जिल्ला प्रहरी कार्यालयद्वारा साइबर अपराध र यसको रोकथाम सम्बन्धी प्रजेन्टेशन प्रस्तुत गरिएको थियो। त्यसैगरि सिराहाका अन्य विभिन्न पालिकाहरू (लहान, गोलबजार नगरपालिका , सिराहा, मिर्चैया नगरपालिका आदि) मा कानुनी साक्षरता, सडक नाटक, र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । समाजमा लुकेर रहेका हिंसाका घटनालाई बाहिर ल्याउन र पीडितलाई न्यायको पहुँचमा पुर्याउन यो अभियान केन्द्रित रहनेछ ।

यो समाचारमा

काठमाडौँगोलबजार नगरपालिका , सिराहामिर्चैया नगरपालिकासिराहा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...