दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

33
Share
Featured

काठमाडौँ


बाजुराको बुढीनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको छ । 

गत बुधबार जडाङ्गाको बेलिब्रिज दानासाँघुमा स्थानान्तरणको लागि सिलान्यास गरिएको थियो।

त्यसको तीन दिनपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका हुन् । ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित शिलान्यास गरिएको हो।

बुधबार बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले सोही खोलामा बेलिब्रिज पुलको शिलान्यास गर्नु भएको थियो। भने शनिवार सोही खोलामा मुख्यमन्त्री शाहले पक्की पुल निर्माणका लागी सिलान्यास गरेका हुन्।

एउटै खोलामा तीन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको बिषय अहिले सामाजिक सञ्चालमा चर्चाको बिषय बनेको छ । 

सडक डिभिजन कार्यालय साँफेबगर नगरपालिकाले करिब २ करोड २२ लाख लागतमा बेलिब्रिज पुल सार्न लागेको हो।भने पक्की पुल निर्माणका लागी ३ करोड ९३ लाख ७५ हजार रुपैयाँमा  पक्की पुल निर्माण कार्य अघि बढाइएको पुर्वाधार विकास कार्यालय साफेबगर, अछामका इन्जिनियर जंग थापाले जानकारी दिए।

पीके कन्ट्रक्सनले निर्माण ठेक्का पाएको मोटरेवल पक्की पुल पूर्व आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीको विशेष पहलमा निर्माण हुन लागेको हो ।

त्यस्तै बुढिनन्दा नगरपालिकाको समन्वय, सहकार्य जडाङ्गामा रहेको बेलिब्रिज स्थानान्तरण हुन लागेको हो । तर एउटै खोलामा दुई पुल किन भनेर प्रश्न उठ्न थालेको छ ।

यता मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा पाँच बर्षदेखि पुल अलपत्र अवस्थामा छ । कतिपयले यताको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्नुपर्ने तथा तत्काल बेलिब्रिज यहीँ खोलामा जडान गर्नुपर्ने माग राखेका छन्।

दानासाँघुमा पक्की पुल निर्माण हुने भए पछि अब त्यहाँ बेलिब्रिज जडान गर्न कुनै आवश्यक नरहेको कतिपय स्थानीयको भनाइ छ । मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ ।

उक्त सडकको बाउलीमा पाँच बर्ष देखि पुल अलपत्र अवस्थामा छ। अनाई खोलामा पुल निर्माण करिब अन्तिम चरणमा छ।त्यस्तै रजातोली खोलामा पनि पुल बन्न सकेको छैन् । 

पुल निर्माण नभएका खोलामा बर्षातको समय पानीको बहाव बढ्दा समस्या हुने गरेको छ ।दानासाँघुपुल निर्माण पछि माथिल्लो क्षेत्रका ४ स्थानीय तह, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिकास्वामिकार्तिक खापर गाउँपालिकाका नागरिकका साथै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट गरि १७ बढि पालिकाका नागरिकलाई सहज हुने छ । करिब साढे दुई वर्षसम्म जडाङ्गामा थन्किएको बेलिब्रिज कही सार्न सकिएको थिएन् । 

अहिले दानासाँघुमा ठाउँमा हतारहतार बेलिब्रिज सार्ने भनेर शिलान्यास गरियो । त्यसको तीन दिन पछि प्रदेश मुख्यमन्त्री आएर पक्की पुलको पनि शिलान्यास गरेका छन्।मुख्य मन्त्री कमल बहादुर शाह, पूर्वआर्थिक मामिला मन्त्री नरेश कुमार शाही, माननिय जुना दानीलगायतले पुल शिलान्यास गरेका हुन् ।

बुधबार नगर उप–उपप्रमुख राम बहादुर बोहरा लगायत,अन्य पालिकाका प्रमुख,उपप्रमुख र स्थानीयको सहभागीमा बेलिब्रिज पुलको शिलान्यास गरिएको थियो । 

यो समाचारमा

स्वामिकार्तिक खापर गाउँपालिकाअछामबाजुराजगन्नाथ गाउँपालिका
साँफेबगर नगरपालिका12 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...