करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

27
Share
Featured
  • रौतहट गौरमा ५ वर्षीय रितिककुमार साहलाई घरको छतमाथि खेल्दा विद्युत करेन्ट लागेर मृत्यु भएको छ।
  • बालक मौलापुर नगरपालिका–४ पतौरा घर भएका हुन् र गौर नपा–५ स्थित घरमा डेरा गरी बस्दै थिए।
  • घटना सम्बन्धमा अनुसन्धान जिल्ला प्रहरी कार्यालय रौतहटले जारी राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रौतहटको गौरमा  विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो । 

रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडा नम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा  अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

यो समाचारमा

गौर नगरपालिकाकाठमाडौँमौलापुर नगरपालिकागौर
रौतहट4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...