दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

17
Share
Featured
  • दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।
  • अदालतले यसअघि प्रसाईंलाई पक्राउ गर्नुभएको कारणसहित उपस्थित गराउन आदेश दिएकाले आज प्रहरीको जवाफसहित बहस हुनेछ।
  • प्रसाईंलाई मंसिर १ गते भक्तपुरबाट सार्वजनिक शान्तिविरुद्धको आरोपमा पक्राउ गरिएको हो, जसको अनुसन्धान चलिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथिको सुनुवाइ तोकिएको हो ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही आदेशअनुसार आज प्रहरीले दिएको जवाफसहित इजलासमा बहस हुनेछ ।

प्रसाईंलाई प्रहरीले मंसिर १ गते भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आन्दोलन घोषणा गर्दै भड्काउपूर्ण अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिएको थियो ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...