सरकार र दुर्गा प्रसाईं समूहबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

35
Share
Featured
  • सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘महाअभियान’ बीच वार्ता सफल भएसँगै प्रसाईं समूहले घोषणा गरेका सबै विरोध कार्यक्रम फिर्ता लिएको छ।
  • बालुवाटारमा बसेको वार्तामा सहमतिपत्रमा सरकारका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरे।
  • महाअभियानले राखेका २७ बुँदे मागबारे विस्तृत छलफल भएको र आगामी दिनमा निरन्तर वार्ता र सहजीकरणमार्फत समाधान खोजिने सहमति भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकार र दुर्गा प्रसाद प्रसाई नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' बीच वार्ता सफल भएको छ । वार्तापछि प्रसाईं समूहले आजदेखि गर्ने भनेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको वार्तापछि दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन् ।

महाअभियानले राखेका २७ बुँदे मागका विषयमा विस्तृत छलफल भएको र आगामी दिनमा पनि निरन्तर वार्ता तथा सहजीकरणमार्फत समाधान खोज्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचारमा

दुर्गा प्रसाद प्रसाईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...