अबुधाबीको नेचरल हिस्ट्री म्युजियमको भिआइपी उद्घाटनमा शाहरुख–सलमानको दमदार उपस्थिति

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

21
Share
Featured
  • शाहरुख खान र सलमान खानले अबुधाबीको नेचरल हिस्ट्री म्युजियमको भिआइपी उद्घाटनमा सहभागिता जनाए, जहाँ उनीहरू अन्य अन्तर्राष्ट्रिय सेलिब्रिटीहरूसँग देखिए।
  • दुवै अभिनेता आकर्षक पोशाकमा उपस्थित भए, सलमानले ग्रे सुट र शाहरुखले सेतो सर्टमाथि कालो ब्लेजर लगाएका थिए।
  • स्टीभ हार्भी, एडम साभेज, रोन् पर्लम्यान, जियानकार्लो एस्पोसिटोजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी भए, जहाँ उनीहरूले “स्टान” नामको ६७ मिलियन वर्ष पुरानो टी. रेक्स जीवाश्म सहितका प्रदर्शनीहरू अवलोकन गरे।
  • अबुधाबीको नेचरल हिस्ट्री म्युजियम मध्यपूर्वकै सबैभन्दा ठूलो संस्था हो, जसमा पुरातात्त्विक जीवाश्म, डायनासोर झुण्ड, र प्राकृतिक इतिहासका अनौठा दृश्यावलीहरू प्रदर्शित छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अबुधाबीको नेचरल हिस्ट्री म्युजियमको भिआइपी उद्घाटन कार्यक्रममा शाहरुख खान र सलमान खानले विशेष उपस्थिती जनाए। दुई दिनपछि सर्वसाधारणका लागि खुल्न लागेको म्युजियमको उद्घाटनमा फिल्म, संगीत, कला र संस्कृति क्षेत्रका विभिन्न अन्तर्राष्ट्रिय सेलिब्रिटीहरू सहभागी थिए। सलमान खनले ग्रे सूट र शाहरुख खानले सेतो शर्टमाथि कालो ब्लेजर पहिरेर आकर्षक उपस्थिति दिए।

उनीहरूसँगै स्टिभ हार्भे, “मिथबस्टर्स” का एडम सेभेज, तथा "जुरासिक वर्ल्ड" का कलाकार डेविड आइकोनो र अड्रिना मिरान्डा सहित दर्जनौं विश्वप्रसिद्ध अतिथिहरू उपस्थित थिए। यस कार्यक्रमले अबुधाबीको सांस्कृतिक प्रतिष्ठा झनै बढाएको छ।

म्युजियम भ्रमणका क्रममा खान दुवैले “स्टान” नामक ६७ मिलियन वर्ष पुरानो टी-रेक्सको उत्कृष्ट सुरक्षित फसिल, र म्युजियमका अन्य इन्टरएक्टिभ प्रदर्शनीहरू अवलोकन गरे। म्युजियमले ७ मिलियन वर्षको इतिहास समेट्दै अरबी प्रायद्वीपको पुरातन वातावरणदेखि विलुप्त प्रजातिसम्मको कथा प्रस्तुत गर्छ।

नेचरल हिस्ट्री म्युजियम अबुधाबी, मध्यपूर्वकै सबैभन्दा ठूलो यस्तो संस्था, सादियात सांस्कृतिक जिल्लाको महत्वपूर्ण भाग हो। यहाँ लामो घाँटी भएका पाँच प्रजातिका डाइनोसरहरूको विश्वकै पहिलो झुण्ड प्रदर्शन, र दुई टी-रेक्सले ट्राइसिराटप्सको शवमा गरिएको आक्रमणको नाटकीय दृश्य पनि देख्न पाइन्छ, जसले यसलाई विश्वस्तरको सांस्कृतिक र शैक्षिक गन्तव्य बनाउँछ।

यो समाचारमा

काठमाडौँशाहरुख खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...