नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचना : वामपन्थी विचारबाट पतन भएकाहरुको एकता

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

24
Share
Featured
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट पतन भइसकेकाहरूलाई एमालेमा कुनै स्थान नभएको स्पष्ट गर्दै पार्टी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
  • स्वयंमसेवक फोर्स राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षा तथा असहमति राख्ने व्यक्तिहरूको अधिकार सुरक्षा गर्ने उद्देश्यले गठन भएको उल्लेख गरे।
  • अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत एमालेमा फर्केका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी दिए र आक्रमणकारी गतिविधि रोक्न सरकारलाई आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन् । 

शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले  वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए । 

उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् । केही मान्छेहरु छन बाम एकता भनेर घाँटी बसुन्जेल कराएका छन् । हामी सँधै त्यसरी वाम एकता गर्दैनौं । परेका बेला जाग्छौं । वामपन्थीबाट झरिसकेका वामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान छैन् ।’

त्यस्तै उनले स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको बताए । नेकपा एमालेसँग असहमति राख्नेका लागि पनि जिउधनको रक्षा गर्ने काम र अधिकारको लागि फोर्स गठन भएको भन्दै यसको गठन र मजबुदीसँग कोही पनि तर्सिन नपर्ने उनको भनाई छ । 

उनले भने, ‘स्वयंमसेवक फोर्स राष्ट्रिय हितका लागि, लोकतन्त्र र संविधानको रक्षा लागि गठन भएको हो । नेकपा एमालेसँग अथवा संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा र अधिकारको लागि गठन भएको हो । त्यसैले यसको गठन, विकास र मजबुदीसँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’ 

अध्यक्ष ओलीले घर फर्क अभियानमार्फत नेकपा एसबाट एमालेमा फर्कनेहरुलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी गराए । 

‘हामीले अस्ति भर्खरै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बनाउन जानुभएकाहरु एमालेमा फर्केर आउनु भएको छ । ती मध्ये नेताहरुलाई हामीले महाधिवेशन प्रतिनिधि हुने विशेष निर्णय गरेको छौं ।’

नेताहरूलाई युवा भेलामा जान नदिएर आक्रमणकारी र आतङ्क मच्चाउने काम  अहिलेसम्म जारी रहेको बताउँदै अध्यक्ष ओलीले त्यस्ता क्रियाकलाप तत्काल रोक्न सरकारलाई आग्रह गरे । 

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाली कम्युनिष्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...