बाजुराको गौमुलमा बाघको बिगबिगीः फर्म भित्रका ४४ कालिज सखाप

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

15
Share
Featured
  • बाजुराको गौमुल गाउँपालिकामा बाघको आतंक बढेको छ, विशेषतः वडा नम्बर ६ मा बाघले प्रत्येक वर्ष किसानलाई ठूलो क्षति पुर्‍याउँदै आएको छ।
  • पछिल्लो एक हप्तामा बाघले स्थानीयको गोठमा पसेर १६ बाख्रा र फेरि कालिज फर्ममा पसेर ४४ वटा कालिज मारेपछि बस्ती त्रसित बनेको छ।
  • व्यावसायिक कालिज पालक गणेश रोकायालाई मात्र करिब १.५ लाखभन्दा बढी नोक्सानी भएको छ, र बाघका यस्ता घटनाले मानव–बस्तीमा आक्रमण हुने डर बढ्दै गएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाजुराको गौमूल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् ।

एकहप्ता अघि सोही पालिकाको –६ सटेडा गैरीबाडाका  स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि  स्थानीय त्रसित बनेका थिए ।

त्यसलगत्तै एकहप्ता पछि पुनः सोही वडाको सटेडामा  बाघले फर्मभित्र पालेका ४४ वटा कालिज मारेर छ । स्थानीय गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ४४ कालिज सखाप बनाएको हो ।

स्थानीय रोकायाको घर नजिकै रहेको कालिज फमभित्र पसेर ५६ वटा मध्ये ४४ कालिज बाघले मारेको पीडित स्थानीय गणेश रोकायाले बताए।आफू फर्मभन्दा टाढाको घरमा बसेको र विहान अर्डरका लागी कालिज लिन जाँदा बाघले ग्याविन भत्काई मारेको बताएका छन् ।

विक्रि गर्न ठिक्क बनाएर राखेका कालिज बाघले मारेपछी रोकायाको करिव १ लाख ५० हजार भन्दा बढीको क्षति भएको  हो।रोकायाले २०६९ सालदेखि व्यक्तिगत १६ लाख लगानीमा घुमपाल रिङरेड तथा पशुपन्छी कालिज फर्म मार्फत व्यवसायीक रुपमा कालिज पालन गर्दै आएका थिए । 

हरेक बर्ष बाघले कालिज मारेर ठुलो नोक्सानी गर्ने गरेको पिडित रोकायाको भनाइ छ । सुरुमा गवाडा भन्ने स्थानमा कालिज फर्म स्थापन गरेका थिए । सोही ठाउँमा पनि बाघले ५४ हजार बराबरका कालिज खाएको थियो । उक्त स्थानबाट सुरक्षित राख्न घर नजिकै राखेका उनले पुनः बाघले नोक्सानी पुर्याएको हो ।

पालिकाका विभिन्न गाउँमा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । एकपछि अर्को घटना बढ्न थालेपछी मान्छेमा बाघले हामीमाथी समेत आक्रमण गर्ने हो की भन्ने चिन्ता बढेको हो।बाजुराका विभिन्न ठाउँमा पछिल्लो समय बाघले ठुलो नोक्सानी गर्ने गरेको छ । बिशेषत् गौमुल,खप्तड छेडेदह,बडीमालिकामा बाघका घटना बढि घट्ने गरेका छन् ।

यो समाचारमा

गौमूल गाउँपालिकाकाठमाडौँबाघबाजुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...