यातायात विभागले लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

12
Share
Featured
  • यातायात व्यवस्था विभागले छपाइ सकिएर वितरणका लागि तयार लाइसेन्सहरुको विवरण अब आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने भएको छ।
  • जेनजी आन्दोलनका क्रममा पुरानो एसएमएस प्रणाली नष्ट भएपछि नयाँ रूपमा फेसबुकमार्फत जानकारी उपलब्ध गराउने व्यवस्था लागू गरिएको हो।
  • नाम सूचीमा परेका व्यक्तिहरूले सक्कल राजस्व रसिद र पुरानो लाइसेन्स लिएर विभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यातायात व्यवस्था विभागले अब छपाइ सकेर वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने भएको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै पहिले प्रयोगमा रहेको एसएमएस प्रणाली जेनजी आन्दोलनका क्रममा ध्वस्त भएकाले यो नयाँ व्यवस्था लागू गरिएको जनाएको छ ।

अब आवेदकहरूले विभागको आधिकारिक फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मा आफ्नो नाम र विवरण हेर्न सक्नेछन् । फेसबुक पेजमा नाम समावेश भएका व्यक्तिहरूले सक्कल राजस्व रसिद र आफ्नो पुरानो लाइसेन्स लिएर विभागमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।

यो समाचारमा

यातायात व्यवस्था विभागकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...