जेनजी आन्दोलन: जाँचबुझ आयोगले मुख्यसचिव अर्यालसँग लियो बयान

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

11
Share
Featured
  • जेनजी आन्दोलन (भदौ २३–२४) का घटनाबारे छानबिन गर्न बनेको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ, यसअघि आयोगले करिब ३० जना प्रहरी अधिकारीबाट बयान लिइसकेको छ।
  • आयोगलाई आवश्यक परे पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीलाई समेत बयानका लागि बोलाउने तयारी छ।
  • पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

आयोगले बिहीबार आफ्नो कार्यालयमा बोलाएर मुख्यसचिव अर्यालको बयान लिएको हो । बयान दिएलगत्तै उनी राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन सिंहदरबार गएका थिए ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले हालसम्म करिब ३० जना प्रहरी कर्मचारी तथा अधिकारीसँग बयान लिइसकेको छ ।

आयोगले आवश्यक परेमा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी लगायतलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । आयोगलाई आफ्नो प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

यो समाचारमा

काठमाडौँरमेश लेखकखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...