नवयुवाहरूद्वारा नेपाली कांग्रेसको सुधारका लागि ‘सुधार प्रस्ताव’ प्रस्तुत

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

17
Share
Featured
  • लोकतान्त्रिक विचारमा आस्थावान् करिब १०० युवाले विविध क्षेत्रका अनुभव र सुझाव समेटेर नेपाली कांग्रेसलाई ‘सुधार प्रस्ताव’ बुझाएका छन्।
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुझावलाई केन्द्रीय नेतृत्वसम्म पुर्‍याइ सुधारका पहल थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • युवाहरूको भावना र सुझाव आत्मसात् भए कांग्रेस मात्र होइन, समग्र देशकै लागि फलदायी हुने आयोजकको विश्वास व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

लोकतान्त्रिक विचारधाराप्रति आस्थावान विविध क्षेत्रका युवा÷नवयुवाहरूले नेपाली कांग्रेसको सुधारका लागि आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मागगन थापालाई ‘सुधार प्रस्ताव’ प्रस्तुत गरेका छन् । 

चिकित्सा, इन्जिनियरिङ, वकालत, प्रध्यापन, कलाकारिता, वित्तीय, आइटी, अध्ययन–अनुसन्धान, द्वन्द्व व्यवस्थापन, हस्पिटालीटी, समाज सेवा, कृषि  लगायतका विविध व्यवसाय तथा उद्ययममा आ–आफ्नो क्षेत्रमा सक्रिय करिब एक सय प्रज्ञावान् नवयुवा तथा युवाहरूले आफ्ना बुझाइ र अनुभवहरूलाई ‘सुधार प्रस्ताव’ मार्फत महामन्त्रीद्वय शर्मा र थापासमक्ष प्रस्तुत गरेका हुन् ।

कात्र्तिक २९ गते काठमाडौंमा आयोजित ‘कांग्रेसको विचार’ विषयक कार्यक्रममा सहभागी नवयुवा÷युवाहरूबाट आएका सुझावहरू ‘सुधार प्रस्ताव’मा समेटिएको छ । यसका लागि प्रदीप गिरि इन्स्टिच्यूट र युथ कांग्रेस नेपालले संयोजन गरेका हुन् ।

‘सुधार प्रस्ताव’ बुझ्दै महामन्त्री थापाले नेपाली कांग्रेस एउटा पार्टीमात्र नभएर विचार भएको धारणा राखे । उनले नेपाली कांग्रेस पार्टी यहाँभित्र रहेका केही सदस्यहरूको मात्र नभएको भन्दै लोकतान्त्रिक र समुन्नत नेपाल चाहने हरेक नेपालीको भावनासँग जोडिएको बताए । 

‘सुधार प्रस्ताव’ मा समेटिएका सुझावहरूलाई पार्टीका कार्यबाहक अध्यक्ष पूर्णबहादुर खड्कामार्फत केन्द्रीय समितिका सदस्यहरूलाई उपलब्ध गराउने र त्यसको अध्ययन गरी सुधारका लागि आवश्यक पहलकदमी लिइने पनि महामन्त्री थापाले प्रतिबद्धता जनाए । 

उनले ‘कांग्रेसको विचार’ लाई एउटा इभेन्टको रूपमा मात्र सीमित नराखेर युवाहरूको भावना समेट्ने अभियानका रूपमा लैजान पनि आयोजकलाई सुझाव दिएका थिए । 

महामन्त्री शर्माले अहिलेको विषम अवस्था किन आयो र कसरी समाधान खोज्न सकिन्छ भन्ने चिन्ता र चासो जनाउँदै प्रज्ञावान् युवाहरूले मन्थन गरेर तयार पारेको ‘सुधार प्रस्ताव’ ले कांग्रेसलाई मार्गनिर्देश गर्न सघाउने विश्वास व्यक्त गरे । 

पार्टी र पार्टी अन्तर्गतका संस्थाहरूमा पदीय जिम्मेवारीमा नरहे पनि आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरिरहेका लोकतन्त्रप्रति आस्थावान युवाहरूले स्वस्फूर्त देखाएको यो भावनात्मक ऐक्यबद्धताले विद्यमान सन्दर्भमा नेतृत्वदायी भूमिका खेल्न कांग्रेसलाई  प्रेरित गर्ने पनि महामन्त्री शर्माको भनाई थियो ।

प्रदीप गिरि इन्स्टिच्यूटका कञ्चन झा, युथ कांग्रेस नेपालका अध्यक्ष यजश्वी राई,  फिल्म निर्माता मीन भाम, नेपाली युवा नेता सचिन तिमिल्सिना लगायतले ‘सुधार प्रस्ताव बुझाएको हो । 

भेलाबाट आएका सुझावहरू आत्मसात हुनसक्यो भने नेपाली कांग्रेसलाई मात्र नभई समग्र देशकै निम्ति फलदायी हुने आयोजकको विश्वास छ ।

यो समाचारमा

गगन थापाकाठमाडौँविश्वप्रकाश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अदालतमा विचाराधीन मुद्दामा तथ्यबिना बोल्नु गैरजिम्मेवारपूर्ण: खुश्बु ओली

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयहरूमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छिन्। मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा गरिने छलफलले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत गराइन्।ओलीले प्राप्त तथ्य

    Data is loading...

    Loading brands...

    Loading footer...