अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

15
Share
Featured
  • अमेरिकाले भारतलाई ९३ मिलियन डलरको जेभलिन एन्टि–ट्यांक मिसाइल प्रणाली र एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्री गर्ने स्वीकृति दियो।
  • भारतले १०० जेभलिन मिसाइल, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण–सपोर्ट सामग्री र २१६ एक्सक्यालिबर तोपगोला पाउनेछ।
  • यो सम्झौताले अमेरिका–भारत रणनीतिक साझेदारी बलियो बनाउने र भारतको सुरक्षा क्षमतामा वृद्धि गर्ने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संयुक्त राज्य अमेरिकाद्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो ।

कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो । स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, स्पेयर पाट्र्स तथा लाइफसाइकल सपोर्ट पाउनेछ ।

यसबाहेक, भारतलाई २१६ थानसम्म एम ९८२ ए–१ एक्सक्यालिबर उच्च–सटीकता तोपगोला आपूर्ति गरिनेछ, जसको अनुमानित मूल्य ४७.१ मिलियन डलर पर्ने बताइएको छ ।

बिक्री प्रक्रियाअन्तर्गत अमेरिकी कांग्रेसलाई आवश्यक जानकारी पठाइएको डिएससीए  ले जनाएको छ । यसमा नन–एमडीई सामग्रीहरू जस्तै पोर्टेबल इलेक्ट्रोनिक फायर कंट्रोल सिस्टम सहितका सुधारिएको प्लेटफर्म एकीकरण किट, प्राइमर, प्रोपेल्यान्ट, प्रविधिक सहयोग, मर्मत तथा अन्य लजिस्टिक तथा कार्यक्रम समर्थनसमेत समावेश गरिएको छ ।

डिएससीए का अनुसार, प्रस्तावित यो बिक्रीले अमेरिकी वैदेशिक नीति तथा राष्ट्रिय सुरक्षा लक्ष्यलाई सुदृढ पार्नेछ, साथै अमेरिका–भारत रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ । यो सहकार्यले इन्डो–प्यासिफिक र दक्षिण एसियाली क्षेत्रमा स्थिरता तथा आर्थिक प्रगतिलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।

एजेन्सीले भारतको वर्तमान तथा भविष्यका सुरक्षासम्बन्धी चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने र भारतीय सेनाले यी प्रणालिहरू सहज रूपमा अपनाउन सक्ने बताएको छ । साथै, यसले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै असर नपर्ने डिएससीएको भनाइ छ ।

यस बिक्रीका मुख्य ठेकेदार अमेरिकाको आर्लिङ्टन, भर्जिनियामा अवस्थित एक लकम्पनी हुनेछ । हालसम्म कुनै ‘अफसेट एग्रिमेन्ट’ प्रस्तावित नभएको र त्यस्तो व्यवस्था भएमा भारत र ठेकेदारबीचको वार्ताबाट तय हुने डिएससीएले स्पष्ट पारेको छ ।

सञ्चालनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधि खटाउन आवश्यक नपर्ने तथा यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ ।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...