हरियो धनियाँ र काक्रोमा भेटियो अत्याधिक विषादी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

13
Share
Featured

काठमाडौँ

हरियो धनियाँ र काक्रोमा अत्याधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीमा बिहीवार केन्द्रिय कृषि प्रयोगशाला एकाइले गरेको विषादी अवशेष परिक्षणमा काक्रो र हरियो धनियाँमा उपभोग गर्न नमिल्ने मात्रामा विषादी रहेको पाइएको हो ।

विषादी परिक्षण अवशेषको रिर्पोट अनुसार भक्तपुरका किसान स्वस्थानि के.सीले ल्याएको धनियाँमा अर्गानो फोस्फेट विषादीको मात्रा ५५.२९ प्रतिशत भेटिएको हो । त्यसैगरी, नवलपरासीकी किसान कल्पना चौलागाईको काक्रोमा अर्गानो फोस्फेटको मात्रा ४६.५ प्रतिशत रहेको पाइएको हो ।

अर्गानो फोस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्रै उक्त फलफूल वा तरकारी उपभोग योग्य मानिन्छ । ४५ प्रतिशत वा त्यभन्दा माथि विषादी भेटिएको हकमा उक्त तरकारी नष्ट गर्नुपर्ने प्रावधान छ । यदि ३५ देखि  ४५ प्रतिशतको  बिचमा विषादी मात्रा रहेको अवस्थामा भने केहि दिन राखेर प्रयोग गर्न सकिने प्राबधान रहेको छ ।

यो समाचारमा

काठमाडौँभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...