काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य नियुक्त भएका छन् । असार २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई साउन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । आचार्य चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् । उनी हाल बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत छन् ।https://www.nepalstock.com.np/api/nots/security/fetchFiles?fileLocation=lbbl_user/2026-07-08/Appointment%20of%20CEO-%20LBBL_1783515686857.pdf




