४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

20
Share
Featured
  • लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णाली परियोजना लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गर्यो।
  • तल्लो अरुण (६६९ मेगावाट) र अरुण–३ (९०० मेगावाट) जलविद्युत परियोजनाको उत्पादन अनुमतिपत्र र मस्यौदा स्वीकृति तथा पश्चिम सेती (८०० मेगावाट) परियोजनाको सर्वेक्षण अनुमतिपत्र म्याद थप गर्ने निर्णय भयो।
  • अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क (रु. १६ अर्ब) परियोजना विकासका लागि सर्वेक्षण अनुमतिपत्र प्रदान, कार्यालयको अस्थायी दरबन्दी स्वीकृत र सार्वजनिक–निजी साझेदारी नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय पनि गरिएको छ।
समाचार सारांशGenerated using AI.

लगानी बोर्डले ४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरको हो । 

बैठकले गत आर्थिक वर्ष २०८१÷०८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । 

यसैगरी, बैठकले अरुण –३ जलविद्युत परियोजना (९०० मेगावाट) को मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने ,परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आव्हान नगरिएको (ग्लकयष्अिष्तभम) प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत रु. १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
 
लगानी बोर्डको कार्यालयको लागि चालु आर्थिक वर्ष २०८२÷८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने अर्को  निर्णय भएको छ । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...