हिमाली गाउँका स्थानीयलाई गाउँमा नै एकीकृत सरकारी सेवा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

18
Share
Featured
  • रामेछापको उमाकुण्ड गाउँपालिकाले हिमाली बस्ती गुम्देलबाट एकीकृत घुम्ती शिविर सुरु गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा गाउँमै प्रदान गर्‍यो।
  • शिविरमार्फत ५३ नागरिकता, ५१ विवरण सङ्कलन, ५ परिचयपत्र वितरण, १० योजना सम्झौता, ५ व्यवसाय नवीकरण तथा पशु-स्वास्थ्य सेवासहित ८०४ पशुलाई औषधि वितरण गरियो।
  • सेवा पुनःस्थापन तथा दर्ताबाट १३ हजार रुपैयाँभन्दा बढी राजस्व उठाइयो र शिविर सबै वडामा सञ्चालन गरिने बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डा गाउँपालिकाले नागरिकलाई गाउँबाटै सरकारी सेवा प्रवाह गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । 

रामेछाप जिल्लको अन्तिम मानववस्ती हिमाली गाउँ वडा नं–१ गुम्देलबाट शिविर सुरु भएको हो । शिविरको शुभारम्भ गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे ।  

गुम्देलमा सञ्चालन गरिएको शिविरमा ५३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्  । त्यस्तै ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराएको छ भने ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।

शिविरमा गाउँपालिका मार्फत वडामा सञ्चालन हुने १० वटा योजना सम्झौता  भएको छ ।  त्यसैगरी ५ व्यवसायीले व्यवसाय नवीकरण गराएका छन्। 

पशु स्वास्थ्य अन्तर्गत ६८ घरधुरीका ८ सय ४ पशुलाई औषधि वितरण गरिएको छ। साथै ९ वटा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाइएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय निकायले प्रदान गरिने सेवा पुनः स्थापन तथा दर्ता प्रक्रियाबाट १३ हजार रुपैँया भन्दा बढी राजस्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ।

शिविरमा अध्यक्ष सुनुवारका साथै उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडाध्यक्षहरू तथा सरकारी अधिकारीहरू सहभागिता थियो । 

शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी दिए।

यो समाचारमा

रामेछापकाठमाडौँउमाकुण्डा गाउँपालिकाहिमाली गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...